दुबै मृगौला खराब भएकी नेपाली चेलीलाई कुबेत स्थित दर्शन ठकुरी समाज कुबेतले करिब ३ लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
यही २० जनवरी २०१७ का दिन कुबेतको फरवानियास्थित बगैँचामा नव निर्वाचित नयाँ कार्य समितिका अध्यक्ष एल बि हमालको अध्यक्षतामा बसेको बैठकले उक्त सहयोग दिने निर्णय गर्दै नवलपरासी तमरिस २ घर भई कुबेतमा कार्यरत सरस्वति खाँड ठकुरीलाई कुबेति दिनार ८१६ अर्थात नेपाली रु. २ लाख ८९ हजार ६८० आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
संस्थाका महासचिव धिरेन्द्र जड. शाहको सञ्चालनमा सम्पन्न उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संरक्षक बि.बि. मल्ला ठकुरी, सल्लाहकार बसन्त सिंह ठकुरी, विकास बहादुर सिंह ठकुरी, रुपेन्द्र हमाल ठकुरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण पश्चात् अध्यक्ष एवं महासििचवले सहयोगकर्ताहरु सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसैगरी सोही कार्यक्रममा बोल्न पनि नसक्ने र कान पनि नसुन्ने समस्या भएका विभुषित सुवेदीलाई २२ कुबेती दिनार अर्थात नेपाली ७७००। रुपैयाँ आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो ।

Previous articleपानी अभियानलाई हरी पाण्डेय परिवारले रु १ लाख सहयोग गर्ने
Next articleभूकम्प पीडितको लागि सहयोग जुटाउन एनआरएन उपाध्यक्ष पन्त क्यानाडामा, एकै दिनमा १० लाख उठ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here