हरेक घरमा धारो होस् , हरेक गाउँ सिंचाइ होस् भन्ने नारा अगाडि सारेर विदेशी भुमीबाट शुरुवात गरिएको पानी अभियानमा दिन प्रतिदिन स्वस्फुर्त साथ पाइरहेको छ । बिस्तारै पानी अभियानले गति लिरहेको छ । नत कसैसित हात थाप्नु  परेको छ न त जबर्जस्ती गर्नुपरेको छ  नत पुराण लगाउनु परेको छ ।  सहयोगी हातहरु दिन प्रतिदिन अगाडि बढिरहेका छन् । पानी अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै दाङ सिसहनीयाका हाल क्यानाडा बस्ने श्री हरी पाण्डेय एवम उहाकी धर्मपत्नी निशा पाण्डेयले  आफ्नो वैवाहिक वार्षिकोत्सव दिनको अवसरमा  रु १ लाख सहयोग गर्ने खबर प्राप्त भएको छ । पानी अभियानमा सहजीकरण गर्ने    तन मन धन एवम बिचारले साथ दिनु भएका श्री एन बी टन्डन साथै तिर्खाएको गाउँलाई पानी दिन सहयोगी हात अगाडि बढाउने  पाण्डेय परिवारलाई  अभियानकर्ता पार्देले हार्दिक आभार व्यक्त गर्नु भएको छ । उक्त १ लाख रुपैया हरेक वर्ष २५ हजार गरेर लगातार ४ वर्ष सम्म वैवाहिक जीवनको वार्षिकोत्सवको अवसर पारेर पाण्डेय परिवारले दिने जानकारी पनि पानी अभियानकर्ता मित्रलाल पार्देले  गराउनु भएको छ ।

स्मरण रहोस् पानी अभियान शुरु भएको गाउँ जुन गाउँ वर्षौदेखि पानी नपाएर आकुल व्याकुल थियो उक्त  गाउँमा जब सम्म हरेक घरमा धारो र सिंचाइ सुनिश्चितता हुँदैन तब सम्म घरमै नजाने गरी विदेशी भुमीबाट मित्र लाल पार्देले  पानी अभियान चलाइरहनु भएको छ भने गाउँमा श्री प्रेम के सि को संयोजकत्वमा समितीले  कानुनी मान्यता पनि प्राप्त गरिसकेको छ ।

 

Previous articleप्रवासी नेपाली एकता समाज युरोपको आयोजनामा २९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न
Next articleमृगौला खराब भएकी नेपाली चेलीलाई ठकुरी समाज कुबेतको ३ लाख आर्थिक सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here