१२ डिसेम्बर २०१६, फ्रयांकफोर्ट, जर्मनी। नेपाली कांग्रेसको यूरोपस्थित भातृसंस्था नेपाली जनसम्पर्क समिति यूरोपको २ दिन भेला सम्पन्न भयो। सोमवार फ्रयांकफोर्टस्थित होक्टरस्र होफ होटलमा आयोजित भेलाले देशमा भैरहेको राजनैतिक अन्योलका कारणले नेपाल आर्थिक तथा सामाजिक रुपमा अझै पछि धकेलिदै आएको भेलाले ठहर गर्दै तत्काल स्थानीय निर्वाचन घोषणा गर्न माग गरेको छ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भेला १२ देशका करिब ७० जना प्रतिनिधीहरु सहभागी भए।

जनसम्पर्क समित यूरोपका सभापति दिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भेलाले नेपाली समूदायको बाक्लो उपस्थिती रहेको स्पेन र प्रोतुगलमा नेपाली दूतावास तत्कान स्थापना गर्न नेपाल सरकार समक्ष माग गरेको छ ।

भेलाको अन्तमा आयोजित अन्तरकृयमा गैरआवासीय नेपाली सँघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, सल्लाहाकार पुष्प थापा, प्रवासी नेपाली मंच जर्मनीका अध्यक्ष चन्द्र कान्त आचार्य, नेपाली जनप्रगतिशिल मंच जर्मनीका अध्यक्ष सागर पोखरेल, शखिर खड्का, दिल गुरुङ लगायतले मन्तब्य दिए ।

घोषणापत्रको पूर्ण पाठ

नेपाली जनसम्पर्क समिति यूरोप
फ्रयांकफोर्ड घोषणा पत्र,
१२ डिसेम्बर २०१६

नेपाली जनसम्पर्क समिति यूरोपको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत कार्यकर्ता भेला जर्मनीको फ्रयांकफोर्टमा ११, १२ डिसेम्बर २०१६ मा भब्य रुपमा सम्पन्न भयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सभापति दिल बहादुर गुरुङ लगायतको विषेश उपस्थित थियो । यूरोपस्थित नेपाली जनम्पर्क समितिका १२ देशका प्रतिनिधिहरुको सहभागीमा सम्पन्न भेलाले नेपाली जनसम्पर्क समिति यूरोपलाई अझ सशक्त पार्दै यूरोपका अन्य मूलुकमा समेत जनसम्पर्क समिति बिस्तार गर्ने निर्णय गर्दै यो भेला निम्नानुसारको फ्रयांकफोर्ड घोषणा पत्र जारी गर्दछ ।

१. भेलालाई भब्य रुपमा सम्पन्न गर्न यूरोपका बिभिन्न देशबाट सहभागी प्रतिनिधि, संयोजनको जिम्मा लिएको नेपाली जनसम्पर्क समिति जर्मनी, गैरआवासीय नेपाली संघका अग्रज तथा नेपाली कांग्रेस नेता तथा कार्यकर्ता प्रति यो भेला धन्यवाद ज्ञापन गर्दछ ।

२. नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति यूरोपको १० औं वार्षिकोत्सवको असरमा पठाउनु भएको शुभकामना सन्देशका लागि भेला धन्यवाद ज्ञापन गर्दछ । त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाको मार्गदिशालाई आत्मसाथ गर्दै अगामी दिनमा जनसम्पर्क समिति यूरोप अगाडी बढ्ने यो भेला प्रतिबद्धता जाहेर गर्दछ ।

३. नेपाली जनसम्पर्क समिति यूरोपको विद्यान आगामी २ महिना भित्र तयार गर्न नारायण आचार्य संयोजक, सहसंयोजकहरु भिम केसी, राजकुमार त्रिपाठी, सदस्यहरुमा झलक केसी, पुष्प थापा, चिन्तामणी सापकोटा, बाबुराजा लामा, योसदा थापा, हरी पौडेल र बिमलबावु उपाध्याय रहेको एक विद्यान समिति गठन गरियो । यो भेलाले नेपाली जनसम्पर्क समिति यूरोपलाई नेपाली कांग्रेसको औपचारिक रुपमा बैधानिक बनाउन नेपाली कांग्रेस केन्द्रिय विद्यानमा समेट्न पार्टी समक्ष जोड्दार माग गर्दछ ।

४. नेपाली जनसम्पर्क समिति यूरोपको दोश्रो अधिवेसन नेपाली कांग्रेस केन्द्रिय समितिसँग समन्वय गरि आगामी ३१ जुलाई २०१७ भित्र गर्ने यो भेला सर्वसम्मत निर्णय गर्दछ । सो अधिवेसनको निर्वाचनका लागि इन्द्र पकवान क्षेत्रिको नाम संयोजक तोकिएको छ ।

५. विदेशमा बस्ने नेपालीहरुको साँझा संस्था गैरआवासीय नेपाली संघको अभियानलाई अझ प्रभावकारी बनाउन बिभिन्न देशमा गठन भएका गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिसँग सहकार्य गर्दै आगाडी बढ्ने यो भेला प्रतिवद्धता जाहेर गर्दछ ।

६. देशमा भैरहेको राजनैतिक अन्योलका कारणले नेपाल आर्थिक तथा सामाजिक रुपमा अझै पछि धकेलिदै आएको भेलाले ठहर गर्दै राजनीतिक निकासका लागि संसदमा प्रस्तुत संविधान संसोधन विधेयकलाई संसदबाट पारित गरि तत्काल स्थानीय निर्वाचनको घोषणा गर्न यो भेला सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।

७. नेपाली समूदायको बाक्लो उपस्थिती रहेको स्पेन र प्रोतुगलमा नेपाली दूतावास तत्कान स्थापना गर्न नेपाल सरकार समक्ष यो भेला जोडदार माग गर्दछ ।

८. मधेस आन्दोलन तथा संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्ने उद्देश्यले नेपाली कांग्रेसले अगाडी सारेको राजनीतिक मार्गदिशालाई लिएर नेपाली कांग्रेस तथा पार्टी नेतृत्वबिरुद्ध नियोजित रुपमा सामाजित सञ्जालमा भैरहेको आक्रमणप्रति यो भेला खेद प्रकट गर्दछ । आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी पार्टी नेपाली कांग्रेस माथि सामाजिक सञ्जालमा हुने आक्रमणको एक ढिक्का भएर प्रतिरक्षा गर्न विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्तालाई यो भेला आग्रह गर्दछ ।

Previous articleएनआरएन नेतृत्वको भारी बोक्न तयार छु – कुमार पन्त
Next articleघलेको नेतृत्वमा एनआरएनको शिर ठाडो -उपाध्यक्ष कुमार पन्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here