फ्रयांकफोर्ट । नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि सुरु भएको छ । भेलाको उद्धघाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले गरे । नेपाली जनसम्पर्क समिति यूरोपका कार्यवाहक सभापति पूर्ण हमालको सभापतित्वमा शुरु भएको कार्यक्रममा जनसम्पर्क समिति जर्मनीका निवर्तमान सभापति विजय मोक्तानले स्वागत मन्तब्य दिए । कार्यक्रमको संचालन महामन्त्री गंगाधर गौतमले गरेका छन् । भेलाको सफलताको लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शुभकामना सन्देश पठाएका छन् । सन्देसमा देउवाले मुलुक गम्भिर राजनीतिक परिवेशबाट गुज्रिरहेको बताउँदै पार्टीका सबै सांगठानीक संरचनाहरुलाई चनाखो रहन आग्रह गरेका छन् ।

फ्रयांकफोर्डमा आयोजना भएकाे भेला दुई दिनसम्म चल्ने भेलामा सहभागी हुन् यूरोपस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ता यहाँ जम्मा भएका छन् । यूरोपका १२ देशका प्रतिनिधीहरुको सहभागीता छ ।
समितिको १० औं बार्षिकोत्सवको अवसर पारेर आयोजना हुने भेलामा पार्टी गतिविधिलाई यूरोप क्षेत्रमा सशक्त रुपमा विस्तार गर्न तथा संस्थागत संरचनाबारे धारणा बनाइने बताएको छ ।

भेलामा पार्टी सुदृढीकरणलगायतका समितिको दोश्रो अधिवेशन, विधान संशोधन, अधिवेशन आयोजक तथा निर्वाचन समितिको गठन लगायतका एजेन्डामा छलफल हुने बताएको छ ।

भेलामा संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ, जनसम्पर्क समिति स्वीट्ल्याण्डको तर्फबाट गुणराज शर्मा, जनसम्पर्क समिति नर्वेका सभापति प्रविन शाही, जनसम्पर्क समिति लग्जेम्बर, कुमार पौडेल, जनसम्पर्क समिति फ्रान्सको तर्फबाट निर्मल अर्याल, जनसम्पर्क समिति स्वीडेनका सभापति नविन थपलिया, जनसम्पर्क समिति नेदरल्याण्डका सभापति, उत्तम कंडेल लगायतले मन्तब्य राखेका छन् ।

भेलामा नर्बे, स्वीडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्तुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्स्जम्बर्ग, पोल्यान्ड र बेलायत लगायतका देशको प्रतिनिधिले भाग लिएका छन् ।

Previous articleनेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे फ्रयांकफोर्टमा
Next articleएनआरएन नेतृत्वको भारी बोक्न तयार छु – कुमार पन्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here