०२ डिसेम्बर २०१६, स्विट्जरल्याण्ड। सफल हास्य टेलि श्रृङ्खला ‘तितो सत्य’ का कलाकार एवं छक्का पंजाका निर्देशक दीपाश्री निरौला, साथै निर्माता तथा कलाकार दीपकराज गिरीले ०४ फेब्रुअरी २०१७, शनिबारको दिन स्विट्जरल्याण्डको म्युहलेहोर्नमा हास्य-व्यंग्य कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। कार्यक्रम आयोजक शुभा एल्मर लामाले सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गरेकी छिन्। उक्त कार्यक्रमबाट बच्ने रकम एनआरएनए, स्विट्जरल्याण्डको महिला फोरम मार्फत महिलाहरुको आङ खस्ने रोग प्रोजेक्टका लागि सहयोग गर्ने उनले नेपाल स्विस डटकम लाई जानकारी गराएकी छिन्।

‘तितो सत्य’ का हास्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला पछिल्लो समय चलचित्र क्षेत्रमा स्थापित भएका छन्। हास्य टेलि श्रृङखलाबाट एक पहिचान बनाउन सफल जोडी अहिले चलचित्र क्षेत्रमा विशेष चर्चामा छन्। उनीहरु द्वारा निर्मित चलचित्र ‘छ एकान छ’, ‘वडा नम्बर छ’ र ‘छक्का पंजा’ ले सफलता पाइसकेका छन्।

कार्यक्रमको बिस्तृत जानकारी छिट्टै प्रकाशित गर्ने बताउँदै कार्यक्रम सम्बन्धि जानकारीको लागि शुभा एल्मर लामालाई फोन न. ०७९८३२७५७७ मा सम्पर्क गर्न अनुरोध गरेकी छिन्। स्विट्जरल्याण्डमा लामो समयदेखि बसोबास गर्दै आएकी शुभा एल्मर लामाले नेपाली कलाकारहरु निमन्त्रणगरी स्विट्जरल्याण्डमा नियमित साँस्कृतिक कार्यक्रम गर्दै आईरहेकी छिन्। एल्मर लामा गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डकी महिला संयोजक पनि हुन्।

waechter_ueber_muehlehorn_-_der_muertschenstock_20100420_1340601645

Previous articleगायक सुन्दासको “उड्न देऊ” भिडियो साईप्रसमा बन्दै
Next articleएनआरएनए स्विट्जरल्याण्डको बार्षिक साधारण सभा बासेलमा सम्पन्न (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here