अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा डोनल्ड ट्रम्प निर्वाचित भएका छन्।

उनका प्रतिद्वन्दी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्पले जितका लागि आवश्यक २७० इलेक्टोरल मतभन्दा बढी मत प्राप्त गरेका छन्।

पूर्व विदेशमन्त्री समेत रहेकी हिलरी क्लिन्टनले ट्रम्पलाई फोन गरेर बधाई दिएको बताइएको छ।

ट्रम्पले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै अमेरिकाको आर्थिक वृद्धिदर दोब्बर पार्ने प्रतिवद्धता जनाएका छन्।

Previous articleआप्सो सम्मेलनको यात्रामा जब अर्जेन्टिनीको पर्स र पैसा भेटियो … !
Next articleनेजसस स्विटजरल्याण्डको तिहार देउसी-भैलो कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here