२३ अक्टोबर २०१६, मान बहादुर के.सी., यूएई। संयुक्त अरब इमिरेट्समा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गई रहेका बेला यूएईको सारजाह स्थित खोर्फकानमा गत २१ अक्टोबर २०१६ शुक्रबारका दिन अल बर्दी क्याफ्टेरिया विधिवत् उद्घाटन गरी सञ्चालनमा आएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष सुदिप कार्कीले रिबन काटेर र नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुबेदीले केक काटेर क्याफ्टेरियाको विधिवत् उद्घाटन गरेका थिए । सो क्याफ्टेरिया उद्घाटन समारोहमा युएईका बिभिन्न प्रान्तबाट संघ संस्थाका प्रतिनिधिहरु लगायत यूएईमा कार्यरत समाजसेवी, बुद्दीजिबी, कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
खोर्फकानको सिनेमाहल रोडमा रहेको अल बर्दी क्याफ्टेरियामा नेपाली खानाको स्पेशल थालीको साथै चाउमिन, मम, सुकुटी, सेलरोटी, लगायतका स्वादिष्ट नेपाली परिकारका स्वाद लिदै हाम्रै देशमा खाए जस्तो अनुभुती गराउदै सबैको मन जित्ने र आफुहरुले ग्राहकहरुलाई अधिकतम सेवा र सुविधा दिएर ब्याबसायिक रुपमा लाभ लिनु भन्दा पनि ग्राहकहरुको बिश्वास जित्ने संचालक क्षेत्रीले बताएका छन् ।

अल बर्दी क्याफटेरिया तीन जना नेपालीहरु शिब क्षेत्री, राजु क्षेत्री र रोहित क्षेत्रीको संयुक्त लगानिमा सञ्चालमा ल्याइएको हो ।

ग्राहकहरुलाई उचित सेवा र सुविधा दिनका लागि आफुहरुले कुनै कन्जुस्याँई नगर्ने र बिभिन्न लेबर क्याममा निःशुल्क होम डेलिभरीको ब्याबस्था समेत रहेको उक्त क्याफ्टेरियामा नियमित ग्राहकहरुलाई सहुलियत दरमा सेवा दिने र स्वादिष्ट नेपाली परिकारहरुका साथसाथै इन्डियन, चाइनिज परिकारहरुको पनि सेवा दिने सञ्चालक क्षेत्रीले बताएका छन् ।
लामो समय देखी रोजगारीको शिलशिलामा यूएईमा कार्यरत संचालक मध्यका शिव क्षेत्री बिभिन्न संघ संस्थामा आबद्द छन् भने समाज सेवाका काममा सहयोग गर्नु पनि सधैं अग्रशर छन् ।

3 7

Previous articleलोकमान विरूद्धको महाअभियोग प्रस्ताव संसदमा अधि बढ्दै
Next articleस्विटजरल्याण्डका नेपाली भाखाहरु……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here