हरेक घरमा धारो होस् हरेक गाउँमा सिन्चाइ होस् भन्ने नारा अगाडि सार्दै पोल्यान्डबाट मित्र लाल पार्देले शुरु गरेको पानी अभियानमा  बिभिन्न संघ संस्थाका  व्यक्तिहरुले पनि साथ दिन प्रतिदिन   दिन शुरु गरिसकेका छन् । यसै क्रम्मा जर्मनीबाट जनसंपर्क समिती निवर्तमान अध्यक्ष एवम गणेश मान सिंह केन्द्र जर्मनी शाखा अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार-समाज ग्लोबल समितिका सल्लाहकार श्री बिजय मोक्तानले  पानी अभियानलाई रु 4० चालिस  हजार सहयोग गर्ने घोषणा आफ्नो जन्मा  दिनको अवसरमा गर्नु भएको छ । साथै आफ्नो जन्मदिनको अवसरमा पानी अभियानलाई शुभकामना दिदै लेख्नु हुन्छ । “हरेक घरमा धारो होस्

हरेक गाउँमा सिंचाइ होस् यो महान सोचाई बिचार ले निरन्तरता पाओस् भन्दै यस  महान कार्य पानी अभियानमा मेरो जन्म दिनलाई रक्सी झोल भतेरमा खर्चिनु तिर्खाएका आत्माहरुले पानी पाउनुपर्छ भन्ने  महान सोच राखेर शुरु भएको यो पवित्र अभियानअलाई  सानो भए पनि मद्दत्   गर्ने सोचको साथ हामीले मेरो परिवार सँग सल्लाह गरेर 40,000  चालीस हजार रुपैया दिने निर्णय गरियो ।” 

स्मरण रहोस् हरेक नेपाली महिनाको एक गते पानी समिती सुनपुर दाङले करोड पानी अभियानको खातामा जम्मा भएको रकम सार्वजनिक गर्दै आइरहेको छ । 2073 कार्तिक 1 गते 2016 अक्टोबर 17 सम्म दाङ जिल्ला सुनपुर पानी अभियानको खातामा रु छ लाख छ हजार रुपैंया( Rs. 6,06,000/)  भएको जानकारी पानी समिती सुनपुर दाङका सचिब श्री किरण पौडेलले गराउनु भएको छ । 

Previous articleअस्ट्रेलियन सांसदद्वारा नेपाली समुदायलाई दसैं टीका
Next articleनारी समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here