श्यामकृष्ण सापकोटा, जेनेभा। नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको आयोजनामा आउदो नोभेम्बर ६ तारिखको दिन जेनेभामा देउसी भैलो कार्यक्रम हुने भएको छ। नेपाली दूतावासका महामहिम राजदूत दिपक प्रसाद धितालको प्रमुख आतिथ्यतामा हुन गैरहेको सो कार्यक्रममा चर्चित लोक गायक तुलसी शिवाकोटी र बिष्णु छेत्री लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति सहितको सांगीतिक कार्यक्रमको तयारी गरिएको छ। कार्यक्रम संयोजक जन सम्पर्क समिति स्विजरल्याण्डका उपाध्यक्ष श्यामकृष्ण सापकोटाका अनुसार दिउसो साढे दुइ बजेबाट कार्यक्रम शुरु गरी राति ९ बजे समापन गरिनेछ। पहिलो चरणमा दीपावलीको अवसरमा प्रमुख अतिथिको शुभकामना मन्तब्य र संस्थाका अध्यक्षबाट शुभकामना मन्तब्य ब्यक्त गरेपछि लगत्तै सांस्कृतिक कार्यक्रम गरिने छ। नान्ग्लोमा सेलरोटी र बत्ति राखेर भैलो गाउदै महिलाहरुले पाहुनाहरुको धनधान्यको कामना गर्नेछन। सांगीतिक कार्यक्रम पछि बेलुकीको डिनरको ब्यबस्था गरिएको छ, डिनर सकिएपछि भाग्यशाली चिट्ठा कार्यक्रम गरेर देउसी भैलो गाउँदै कार्यक्रम समापन गरिनेछ। कार्यक्रमको निम्तो मान्न बिभिन्न देशमा रहेका जन सम्पर्क समितिका प्रतिनिधिहरु आउने कुरा अध्यक्ष राम महतोले बताउनुभयो. कार्यक्रम जेनेभाको सेन्ट्रल ट्रेन स्टेसनबाट ५ मिनेटको पैदल दूरीमा रहेको (Rue de Bern, 49, 1201, Geneva) सभाहलमा हुने छ।

Previous articleनेजसस जर्मनीमा नयाँ नेतृत्व, शिखर खड्का सभापति
Next articleदलाई लामाको स्विटजरल्याण्ड भ्रमण, उच्च आन्तरिक मानविय मान्यता कायम राख्न जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here