तिलक थापा, नेपाली जन सम्पर्क समिति स्वीजरल्याण्ड्ले यो बर्षको तिहार लक्ष्मी पूजा कार्यक्रम उप-सभापति श्री श्याम सापकोटा ज्युको संयोजकमा नोभेम्बर 6 तारीख आइतबारको दिन जेनेभा शहरमा गर्ने भएको छ। समितिको स्थापना बर्ष देखि निरन्तरता दिदै आएको तिहार लक्ष्मी पूजाको साथै भाग्यशाली चिठ्ठा कार्यक्रम पनि गरिनेछ। आफ्नो जन्मभूमि प्यारो देश नेपाल छोडेर विभिन्न पेशाहरुमा संलग्न भइ प्रदेश रहनुहुने सम्पुर्ण स्वीसबासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरु बिच तिहार शुभकामना आदानप्रदान गर्नु नै मुख्य उदेश्य हो। यो तिहार पर्व हामी सबै नेपालीको हो र उक्त कार्यक्रम सफल बनाउनको लागी सम्पुर्ण स्वीसबासी नेपालीजनहरुको बाक्लो उपस्थितिको महत्त्वपूर्ण भुमिका हुनेछ । कार्यक्रम बिस्तृत जानकारीको लागि अर्को सुचना छित्तै प्रकाशित गरिनेछ। जय नेपाल

Previous articleदुबईमा सुरक्षा गार्डहरुको तलब वृद्धि,रोजगार गुमाउने खतरा, लाइसेन्समा
Next articleयुरोपमा रा प्र पा नेपाल निकट “प्रबासी नेपाली एकता समाज ,युरोप ” गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here