०२ अक्टोबर २०१६, स्विट्जरल्याण्ड। स्विटजरल्याण्ड निबासी चर्चित गायक सुभाष सुन्दास १८ औं टुवोर्ग इमेज अवार्डमा सहभागी बनि आज स्विटजरल्याण्ड फर्किएका छन् । आज जुरीखको अन्तराष्ट्रिय विमान स्थलमा उनका सांगीतिक सहकर्मी रामु परियारले खादा लगाई स्वागत गरे । सुभाष सुन्दासको ‘माया हो’ बोलको गीत पुरुष तर्फको सर्वोकृष्ट नेपाली पप गायन विधामा ईमेज अवार्डका लागि छनौट भएका उतकृष्ट पाँच गीतहरुमा परेको थियो । तर ‘माया हो’ ले उक्त्त विधामा अवार्ड भने हात पार्न सकेन । गायक सुन्दासले उनको फेसबुक स्ट्याटसमा ‘माया हो’ अवार्डका लागि मनोनयन भएकोमा खुसी ब्यक्त्त गर्दै भविष्यमा गीत-संगीतको सृजनामा निरन्तर लाग्ने बताएका छन् । साथै उनले उनको गीत-संगीतका प्रशंसक एवं श्रोताहरुलाई सहयोगका लागि घन्यवाद ज्ञापन गरेका छन्।

20161003_0044151 20161002_201658

Previous articleस्विटजरल्याण्डमा विजया दशमीको अवसरमा भब्य साङ्गीतिक कार्यक्रम हुने
Next articleसंघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बेल्जियममा, अन्तर्कृया कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here