पानी अभियानले देश बिदेश बस्ने युवाहरुको सोच दिन प्रतिदिन बदलिरहेको छ। तिर्खाएका आत्माहरुले पानी पाउन् । तिर्खाएको गाउँले पानी पाओस् भन्दै लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको पानी अभियानलाई जापान बाट दैनिकी बोत्तल बचतमा जम्मा गरेको १० हजार रुपैयाँ शरद पोख्रेलले आफ्नो जन्म दिनको अवसरमा एवम आफ्ना हजुरबुबा स्वर्गीय श्री तारा प्रसाद शर्मा बैद्यको श्राद्दको सम्झनामा सहयोग गर्ने घोषणा गरेका छन् ।
उनि आफ्नो जन्मदिन सम्झिदै लेख्छन् “
यसपालिको जन्मदिन तिर्खाएका आत्माहरुलाई ……. संयोगले मेरो परम पूज्य स्वर्गीय हजुरबुवा ताराप्रसाद शर्मा बैद्ध्य को श्राद्ध र मेरो यो बर्षको जन्मदिन एकैदिन परेछ। मेरो प्यारो हजुरबुवाको सम्झनामा पानी आभियानमा दुई थोपा पानी मिसाउने बिचार गरे। तिर्खाएका हरुलाई पानी पिलाउने महान् सोचका साथ सुरुवात भएको करोड पानी अभियानको नाममा रु 10000 दस हजार प्रदान गर्दछु । ”
जापानमा पढ्दै गरेको एउटा विद्यार्थीको सोचलाई पानी अभियानले बदलिदिएछ । आशा गरौ सयौ दिन लगाएर बचत गरिएको सानो सानो पैसाले एक दिन अवश्य तिर्खाएका प्राणीहरुले पानी पाउनेछन्।

fb_img_1474872881137

Previous article१८औं टुबोर्ग ईमेज अवार्ड विशेष कार्यक्रमबीच सम्पन्न
Next articleहोटल व्यवसायी संघ काठमाडौंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here