हरेक दिन पानी अभियानले व्यापक रुप लिदै गर्दा स्वीजरल्यान्डको अन्लाइन पत्रिका नेपाल स्वीस डट कम ले पानी अभियानका बिश्व भरिका हरेक गतिबिधिहरु एवम पानी गतिबिधी पानी अभियानको नारालाई गन्तव्यमा पुर्याउनको लागि र नारालाई बुलन्द पार्नको लागि हरेक पानी घटना प्रशारित गर्ने निर्णय गरेको छ । उक्त पत्रिकाको शुरुमै पानी अभियानलाई व्यापक बनाउनको लागि पानी अभियान नामको पेज छुट्टयाउदै हरेक घरमा धारो हरेक गाउँमा सिंचाइ राखिएको छ । स्वीजरल्यान्ड देशबाट पानी अभियानमा दिएको उक्त पत्रिकाको साथलाई पानी अभियानकर्ता मित्रलाल पार्दे आभार व्यक्त गर्दै लेख्छन् । “यो दबाबको घडी होइन । स्वस्फूर्त आत्मा जागेर समाजको परिवर्तन सम्भव छ । पानीको थोपाले समाजको परिवर्तन सम्भव छ भन्ने सोचमा आधारित पानी अभियानमा स्वीजरल्यान्डबाट प्रकाशित nepalswiss.com अन्लाईन पत्रिकाले शुरुकै पेजमा पानी अभियानको नारा बुलन्द गर्नको लागि पानी अभियान पेज छुट्ट्याछ । हरेक दिन पानी गतिविधि राख्ने निर्णय गरेछ । यो निर्णयलाई हामी आभार प्रकट गर्दछौ । यो हाम्रो सफल्ता हो । हरेकको दिमागमा पानी बगेपछि जमिनमा पानी बगाउन गार्हो हुनेछैन ।”

Previous articleTRISHNA (English: Thirst) – a painful story of struggle
Next articleजनसंपर्क समिति नेदरल्याण्ड्स अधिवेसन तयारी अन्तिम चरणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here