समाज सेवा नै धर्म हो भन्ने अभिप्रायका साथ बिदेशको ब्यस्त समयको संगै प्रवासमा  नेपाल र नेपाली हरूको धर्म संस्कृति तथा परोपकारी कार्यका प्रवर्धनका लागी सामाजिक संघ-संस्था प्रति समाहित गरेको जगजहेर नै छ तद् अनुरूप म तमु समाज मा स्थापना काल देखी नै लागी परेको यहाँ हरूलाई अवगत नै छ।

तमु समाज बेल्जियममा मेरो लगाव संस्था भित्र या बाहिर रहे गरेको र गर्दै आएको दुई मत छैन।

पछिल्लो समय मा मेरो परिवारीक ब्यस्तताका बाबुजुत केही समय नेपाल रहनु पर्ने भएकोले  संस्था का बर्तमान अध्यक्ष संग को आपसी सल्लाह बमोजिम संस्था प्रति तेती समय दिन नसक्ने जानकारी गराएको नै थिए र मेरो राजीखुशी अनुसार आज भन्दा ६ महीना पहिला नै औपचारिक रुपमा तमु समाज बेल्जियमको महासचिव पद बाट राजीनामा दीई सकेको थिए।

हाल आएर संस्था प्रति केही ज़िम्मेवार साथी हरूले मेरो बारेमा गलत अफवाह फैलाएर मेरो क्षमता प्रति नै नकारात्मक टिकाटिप्पणी गरेको हुदा मेरो गम्भीर ध्यानकर्षण भएको साथै हाल सम्म मेरो राजीनामा सम्वन्धमा कुनै पनी जानकारी समेत नदीईएको यस बिज्ञप्ति मार्फ़त जानकारी गराउन चाहन्छु । 

समाजको आफू लाई अगुवा वा अभियन्ताको रुपमा लिने ब्यक्ति बिशेष ले आफूलाई भन्दा समाज र संस्था को मर्यादा र गरिमालाई शिरोपर राख्नु पर्ने पुन र्ध्यानाकर्षण गराउन चाहन्छु ।

धन्यबाद !

 -सुभाष गुरुङ

 निबर्तमान महासचिव

 तमु समाज, बेल्जियम ।

Previous article१८औं टुबोर्ग ईमेज अवार्डको फाईनल सेरेमोनिको प्रत्यक्ष प्रसारण
Next articleघोराही दाङका सन्तोषले पनि सहयोग गरे पानी अभियानलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here