८ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । सामाजिक सञ्जालमा गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको सन २०१५ का अध्यक्षको पदमा पराजित उमेदवार तेन्जिङ शेर्पाले सामजिक सञ्जालमा संघको वर्तमान समितिले भोट किनेर भात खुवाएर चुनाव जितेको आरोप लगाएको समाचार नेपालस्वीस डट कमले ०७ सेप्टम्बर २०१६ मा प्रमाण सहित  (उनको कमेन्टको स्क्रिन प्रिन्ट तल हेर्नुहोस्) प्रकाशित गरेको थियो । उनको अभिब्यक्त्तिले प्रजातान्त्रिक प्रकृया अनुसार सम्पन्न निर्वाचनमा भएको आफ्नो पराजयलाई एक बर्ष पछि सम्मपनि स्विकार्न नसकेका त होईनन् भन्ने प्रश्न उब्जाएको छ।

comment1  

८ सेप्टेम्बर २०१६ मा तेन्जिङ शेर्पाले फेरी “स्विटजरल्याण्डमा २ ‍- ४ जना कुकुरहरु बौलाएको जस्तो लाग्छ, बौलाहा कुकुरको अब के होला उपचार ?” भनि सामजिक सञ्जालमा स्ट्याटस राखेका छन् (उक्त्त स्ट्याटसको स्क्रिन प्रिन्ट तल हेर्नुहोस्) । स्विटजरल्याण्डको नेपाली समाजको नेतृत्व गरेर समाजलाई मिलाउने महत्वाकांक्षा बोकेका ब्यक्त्तिबाट सामाजिक सञ्जालमा प्रयोग गरिएको यस प्रकारको असभ्य र गाली-गलौजको भाषाले अवश्य पनि उनको सोंच, सामाजिक संस्कार र सामाजिक परिपक्कताका सम्बन्धमा प्रश्न उठने देखिन्छ।

comment2

त्यसैगरी उनको अर्को कमेन्टमा उनले भात खाएर भोट बेच्नेहरुको नाम लिष्टनै आफुसंग भएकोले गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको सन २०१५ को चुनावमा भोट किनेको आरोप लगाएको हो भनि लेखेका छन् (उक्त्त कमेन्टको स्क्रिन प्रिन्ट तल हेर्नुहोस्) । उनको यो ठोकुवालाई उनले स्विटजरल्याण्डको नेपाली समाजबीच कसरी स-प्रमाण राख्ने छन् समयले अवश्य देखाउने नै छ

comment3।  

Previous articleटुर दि पोखराको अभियान,युरोपको नेपाली समुदायसम्म
Next articleमलेसिया जाने कामदारले थप रु दुई हजार ८०० तिर्नुपर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here