०७ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डले आयोजना गरेको एक कार्यक्रमको संयोजनमा आफ्नो नाम परेको भनि संघको एक उपाध्यक्षले एक विरोध विज्ञप्ती प्रकाशन गरे पश्चात सामाजिक सञ्जालमा संघको सन २०१५ का अध्यक्षको पदमा पराजित उमेदवार तेन्जिङ शेर्पाले सामजिक सञ्जालमा संघको वर्तमान समितिले भोट किनेर भात खुवाएर चुनाव जितेको आरोप लगाएका छन् । गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्ड जस्तो गरिमामय संस्थाको नेतृत्व लिन चाहने ब्यत्तिबाट चुनाव सम्पन्न भएको एक बर्ष पश्चात यसखालको प्रतिकृया आएको हो । उनको प्रतिकृयाले संघका पदाधिकारीहरु र स्विटजरल्याण्डबासी नेपालीहरु माथि गम्भिर आरोप लगाएको र उनिहरुको स्वाभिमानमा प्रत्यक्ष ठेश पु-याएको देखिन्छ । शेर्पाले सन २०१७ मा पनि अध्यक्षको उमेद्वार बन्ने बताउने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । एक गरिमामय संस्थाको छबिलाई उनले कसरी लिएका छन्, समयले देखाउने छ ।

tenjin-comment

Previous articleएनआरएनए स्विटजरल्याण्डका उपाध्यक्षद्वारा आपत्ति
Next articleटुर दि पोखराको अभियान,युरोपको नेपाली समुदायसम्म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here