मान बहादुर के.सी. ‘मुस्कान’ यूएई। हिन्दु नारीहरुको महान चाड हरीतालीका तिजको अवसर पारेर फुजैराहमा कार्यरत समाजसेवीहरु मिलेर आफ्ना चेलीबेटीहरुलाई दर खुवाउने भएका छन्।
केहि बर्ष देखि तीजको अबसर पारेर सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर आफ्ना चेलीबेटीहरुलाई दर खुवाउने कार्य्रक्रम गर्दै आएका बिभिन्न संघ संस्थामा आबद्द समाज सेवीहरुले यो बर्ष सामुहिक रुपमा मिलेर यहि आउदो ०९ सेप्टेम्बर २०१६ शुक्रबारका दिन फुजैराहको माधव पार्कमा दर खुवाउने भएका छन्। प्रबासमा रहे पनि आफ्ना चेलीबेटीहरुलाई माईतीको आगनमा रहेको महसुस गराउनका लागि सो दर खुवाउने कार्यक्रमको आयोजना गरेको समाज सेवी शिव क्षेत्रीले बताउनु भयो।

 बिशेष गरी फुजैराह, डिब्बा, खुर्पाखान, कलबामा कार्यरत चेलीबेटीहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त दर खुवाउने कार्यक्रमलाई फुजैराहमा कार्यरत स्थानिय कलाकारहरुले आ-आफ्ना प्रस्तुती पस्केर भरपुर मनोरञ्जनात्मक बनाउने भएका छन्।

आफ्नो जन्म भुमी छोडेर प्रबाशमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरु बिच आपसी सद्भाव र मिलोमतोको भावना अभिवृद्धि गर्नु तथा एकै ठाउमा जम्मा भएर नाच्दै, गाउदै, रमाउदै, एकसाथ बसेर सुख दु:ख साटासाट गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त ‘दर खुवाउने कार्यक्रम’मा सबैलाई स-परिवार उपस्थित हुनका लागि हार्दिक आमन्त्रण गरिएको छ। 

Previous articleनेदरल्याण्डको अन्तर्राष्ट्रिय मेलामा नेपालको सानदार सहभागिता
Next articleएनआरएनए स्विटजरल्याण्डका उपाध्यक्षद्वारा आपत्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here