४ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्ड निबासी चर्चित गायक सुभाष सुन्दासको ‘माया हो’ बोलको गीत १८औं टुबोर्ग ईमेज अवार्डको लागि ‘टप फाईभ’ मा मनोनयन भएको छ। ‘माया हो’ पुरुष तर्फको सर्वोकृष्ट नेपाली पप गायन विधामा अवार्ड प्रदान गर्न छानिएका उतकृष्ट पाँच गीतहरुमा परेको हो । उनको गीत सर्वोकृष्ट नेपाली पप गायन विधामा मनोनयन भएको कारण उनले नबोदित गायकका हैसियतमा मात्र नभई स्थापित गायकका रुपमा नेपाली गायन क्षेत्रका स्थापित गायकहरु संग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । ‘माया हो’उनको सन २०१५ मा बजारमा आएको डेब्यु एल्बम ‘उडन देउ’ को एउटा गीत हो। निर्णायक मण्डलको मुल्याङकनका आधारमा यहि २४ सेप्टम्बर २०१६ मा अवार्ड विजेताको घोषणा हुनेछ ।

CD pocket Back 1 11_resized

सुभाष सुन्दास

सुभाष सुन्दासको जन्म नेपालको हिमाली क्षेत्र लुक्ला, सोलुखुम्बुमा भएको हो।बाल्यकालदेखि नै उनको संगीत र नृत्यमा लगाव बस्यो। आठ कक्षामा पढदै गर्दा उनले गाउन र गिटार बजाउन सिक्न सुरु गरे। नवौं कक्षामा आईपुग्दा साथीहरु संग उनले मिलि एक संगीत समुह गठन गरी “पिडै पडा” बोलको गीत रिकर्ड गर्दछन्। उनले संगीत र क्लासीकल गायनमा गुरुदेव कमदसंग शिक्षा हासिल गरेका छन्।

सन २०१३ मा आफ्नो पहिलो गीत र संगीत भिडियो रिलिज गरेपछि सुभाष सुन्दास स्विटजरल्याण्ड आउँछन्। स्विटजरल्याण्ड लगायत उनले जर्मनी, डेनमार्क र नेदरल्याण्डका विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरेका छन्। उनले आफ्नो पहिलो म्युजिक एल्बम “उडन देउ” सन २०१५ मा बजारमा ल्याए।

‘माया हो’ गीतको भिडियो

Previous articleएनआरएनए स्विटजरल्याण्डको ‘टुर दि पोखरा’ संगको अन्तरकृया कार्यक्रमको निमन्त्रणा
Next articleटुर दि पोखराका लागि एनआरएनको चासो बढोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here