२८ अगष्ट २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलन अमेरीकाको न्युजर्सीमा संचालन हुँदैछ। २७ अगष्टमा आरम्भ भएको सम्मेलनको उद्घाटन पूर्व सभामुख सुवास नेम्वाङले दिप प्रज्ववलन गरी गरेका थिए। उदघाटन मनतब्यका क्रममा उनले नेपाली जनताले लेखेको नेपालको संविधान २०१७ को कार्यान्वयन नभएमा संविधानले गैर-आवासीय नेपालीहरुलाई प्रत्याभूति गरेको अधिकार गुम्न सक्ने बताउँदै संविधानको कार्यान्वयनका लागि गैर-आवासीय नेपाली संघले नेपालका राजनीतिक दलहरुलाई निरन्तर खबरदारी गर्नु पर्ने बताउँदै यसलाई संघको भिजनमा समावेश गर्न सल्लाह दिएका हुन्। सन २०७२ मा संसदद्वारा पारीत नेपालको संविधानमा राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार दिने गरी गैर-आवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने उल्लेख छ। उदघाटन सत्रमा बोल्दै गेर-आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले राज्य गैर-आवासीय नेपालीहरु लाई नेपाली नागरिकता दिन तयार भएको चर्चा गर्दै गैर-आवासीय नेपालीहरुले देशका लागि अझै धेरै सहयोग गरे देशले त्यसको अझ बढि सम्मान गर्ने बताए।

nrn_us

“NRNA VISION 2020 & BEYOUND” नाराका साथ हिजोदेखि न्युजर्सीमा संचालन भईरहेको सम्मेलनमा संघको संस्थागत संरचना र कार्यदिशाका बारेमा विस्तृत छलछल हुने अपेक्षा गरिएको छ। संघका वर्तमान अध्यक्ष शेष घले, संरक्षक राम प्रताप थापा र दिल गुरूङ, उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त, महासचिव डा. बद्रि केसि, सचिव अर्जुन कुमार श्रेष्ठ, प्रवक्त्ता रञ्जु थापा र महिला संयोजक सपिला राज भण्डारी लगायतका अभियन्ताहरु र अमेरीकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कि र ब्यवशायि विनोद चौंधरीको कार्यक्रममा सहभागिता छ। आज सम्मेलनको दिस्रो एवं अन्तिम दिन गैर-आवासीय नेपालीहरुका विभिन्न विषयहरुमा प्रस्तुति र छलफल चलिरहेको छ।

image36

Previous articleस्विटजरल्याण्डमा एनआरएनएको संगीतमय तिज कार्यक्रम सम्पन्न
Next articleएनआरएनएको नवौं क्षेत्रीय सम्मेलन सम्पन्न, घोषणापत्र जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here