नेपाली कला सस्कृति, रीति-रिवाज र परम्परालाई निरन्तरता दिदै आपसी सद्भाव र सम्वन्ध बढाउने उद्देश्यले  गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले यहि आउने २७ तारिखका दिन संघकि  उपाध्यक्ष सिमा गौतमको संयोजकत्वमा आरगाऊ स्थित  नोयनहोफमा नेपाली  महिलाहरुको महान पर्ब हरितालिका तिजको अवसरमा भब्य कार्यक्रम गर्ने जानकारी गराई सकिएको छ। उक्त कार्यक्रमलाई अझै रोचक र मनोरन्जनात्मक बनाउनका लागि नेपाली लोक दोहोरी गीत क्षेत्रमा चर्चित गायिका शकुन्तला थापालाई आमन्त्रण गरिएको छ। उक्त संगीतमय तिजमा तपाई हाम्रै चिरपरिचित गायिका शकुन्तला थापासंगै नाच्दै गाउंदै यसपालिको तिज मनाउनका लागि उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाईदिनु हुन सम्पूर्ण स्विट्जरल्याण्डबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड हार्दिक अनुरोध गर्दछ।

कार्यक्रम सम्वन्धि जानकारी :

मिति : २७ अगस्त २०१६ आईतवार 

समय : दिनको ठिक १५.०० बजे 

स्थान : Züricherstrasse 89, 5432 Neuenhof

प्रवेश शुल्क : २० फ्रान्क पुरुषका लागि मात्र सहयोग स्वरुप 

 (चेलीवेटी र बच्चाहरुको लागि निशुल्क )

साथमा अपेरो , नेपाली खाना र सफ़्ट ड्रिंक निशुल्क 

कार्यक्रमको आकर्षण : गायिका शकुन्तला थापा र नेपाली तिजको गितमा डिजे

आवश्यक जानकारीका लागि सम्पर्क – 

सिमा गौतम कार्यक्रम संयोजक : ०७८ ८१९ २७ ३६

शुभा एल्मेर लामा महिला संयोजक : ०७९ ८३२ ७५ ७७

साथै कार्य समितिका पदाधिकारी तथा सदस्यहरु संग पनि जानकारी लिन सकिन्छ।

आयोजकः 

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्ड 

Previous articleनवौं एनआरएनए सम्मेलनको भब्य तयारी, पूर्व सभामूख नेम्वाङ प्रमुख अतिथि
Next articleहाम्रो भत्केको मर्यादाक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here