१२ अगष्ट् २०१६, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघले आफ्नो विश्वव्यापी संजाल निरन्तर विस्तार गर्दै लगेको छ। यसै क्रममा ब्राजिलमा पनि गैर-आवासीय नेपाली संघको  राष्ट्रिय समन्वय परिषद गठन भएको छ। यस अघि ७३ वटा राष्ट्रहरुमा संघले राष्ट्रिय समन्वय परिषदहरु गठन गरी सकेको थियो।

ब्राजिलमा हालै सम्पन्न एक भेलाले गणेश प्रसाद गुरुङको अध्यक्षतामा एनआरएनए राष्ट्रिय समन्वय परिषद गठन गरेको हो। समितिको उपाध्यक्षमा शिला गुरुङ, महासचिव होम बहादुर गुरुङ, सचिब नवराज रेग्मी, कोषाध्यक्षमा साहस चौधरी चयन भएका छन्।

यस्तै संघको प्रबक्तामा सन्देश लामिछाने, महिला संयोजक दिपशिखा कार्की, युवा संयोजक शंकर बास्कोटा, महिला सहसंयोजक मिन कुमारी गुरुङ, युवा सहसंयोजक जीवन गुरुङ, सदस्यहरु बिक्रम गुरुङ, धन बहादुर गुरुङ, देवराज भट्टराई, सिजन गुरुङ र इन्द्र गुरुङ चयन भएका छन्। संघको सल्लाहाकारमा चन्द्र गुरुङ, अमर आले मनोनयन भएका छन् ।

Previous articleएनआरएनए अभियन्ताहरुले अपाङ्ग बालबालिकाहरुका लागि बस किन्न १३ लाख घोषणा गरे (भिडियो)
Next articleएनआरएनले थालेको पुनःनिर्माण उदाहरणीय हुनेमा बिश्वस्त छु, प्रधानमन्त्री दाहाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here