६ अगष्ट २०१६, स्विटजरल्याण्ड। ओलम्पिक खेल २०१६ को रियो द जेनेरियो, ब्राजिलमा ५ अगष्ट २०१६ मा एक रंगीन एवं सनसनीपूर्ण कार्यक्रमबीच उद्धाटन भयो। कार्यक्रममा ब्राजिलको ईतिहास र प्राकृतिक सौन्दर्यको वर्णन झल्किन्थ्यो। उद्धाटन सत्रको टेलिभिजन प्रत्यक्ष प्रसारण विश्वभरका तीन अरब दर्शकहरुले हेरेको अनुमान गरिएको छ। ५ देखि २१ अगष्टसम्म चल्ने उक्त्त प्रतियोगितामा २०६ राष्ट्रका ११ हजार भन्दा बढि खेलाडिहरुको सहभागिता रहने छ।

सात नेपाली खेलाडिहरुले रियोमा प्रतिस्पर्धा गर्ने, गौरिका सिंह सबैभन्दा कम उमेरकी खेलाडि

02-gaurika-singh

रियो ओलम्पक्स २०१६ मा सात जना नेपाली खेलाडिहरुले प्रतिस्पर्धा गर्नेछन्। फुपूल्हामु खत्री (जुडो), निशा रावल (तेक्वान्दो), जितबहादुर मोक्त्तान (आर्चरि), गौरिका सिंह (पौडि), शिरीष गुरूङ (पौडि), सरस्वती भट्टराई (एथलेटिक्स) र हरिकुमार रिमाल (एथलेटिक्स) ले प्रतियोगितमा भाग लिनेछन्। १३ बर्षिय नेपाली पौडिबाज गौरिका सिंह रियो ओलम्पिक्समा सहभागी खेलाडिहरु मध्ये सबैभन्दा कम उमेरकी खेलाडि हुन्।

16080646JJGGF

Previous articleInfantino cleared of violations
Next articleरामकृष्ण ढकालले भावनामा डुबाए, हिमाल सागरले स्विट्जरल्याण्ड नचाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here