बार्सिलोना। स्पेन निबासी नबोदित गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो।

मैनालीको बियोगान्त गीतको भिडियोलाई सन्जय बिक्रम शाहले निर्देशन र बिकास राईले सम्पादन गरेका छन्।   प्रबिण प्रसाईको संगीत  र रोजी लाबुङ् राईको रचनामा रहेको गीत लोकप्रिय हुनेमा गायक मैनाली आशाबादी देखिएका छन्। भिडियोमा स्थानीय कलाकारहरु सुरज मैनाली,सुस्मिता कडेल,भोला लामिछाने,अर्जुन शर्मा,कबिता भट्टराई,स्तुति कटवाल लगायतले अभियन गरेका छन्।

गायक मैनालीले प्रबासमा रहेर गीत रेकर्ड गर्दै भिडियो निकाल्न निकै कठिन हुने बताएका छन्। उनले भने,”हामी सबैको मेहनतले भिडियो तयार गरेका छौ,आशा छ सबैको मन जित्ने छ।”

Previous articleमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित
Next articleInfantino cleared of violations

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here