३१ जुलाई २०१६, कोपेनहागान। गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं यूरोपेली महिला सम्मेलनको दोस्रो दिन आज विषयगत छलफलहरु संचालन भयो। छलफलमा ब्यापार र लगाणी प्रवर्धन, पर्यटन प्रवर्धन, परोपकारी कार्य, एनआरएनए नागरिकता र एनआरएनएको विधान गरी पाँचवटा विषयहरुमा समुहगत छलफल चलाईएको थियो। कार्यक्रमको अन्त्यमा समुहगत छलफलका अध्यक्षहरूले छलफलमा प्राप्त सुझाव र सल्लाहहरु प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार, विधान समितिका अध्यक्ष एवं पूर्व प्रवक्त्ता डा. हेमराज शर्मा ले गरेका थिए।

ब्यापार र लगानी क्षेत्रका अवसर र चुनौतिहरुको बिस्तृत छलफल हुनुपर्छ : जीबा लामिछाने

संघका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामिछानेले ब्यापार र लगानी विषयको छलफलको अध्यक्षता गर्दै नेपालमा ब्यापार र लगानी गर्न चाहने गैर-आवासीय नेपालीहरुका अनुभवहरु बाट शिक्षा लिँदै यस क्षेत्रका अवसर र चुनौतिहरुका बारेमा बिस्तृत छलफल गर्नु पर्ने बताए। उनले गैर-आवासीय नेपाली ऐन २०६४ ले गैर-आवासीय नेपालीले नेपालमा गरेको लगानीको मुनाफा आफ्नो बसोबासको राष्ट्रमा लिएर जान पाउने ब्यवस्था गरेको जानकारी दिए। यसै क्रममा उनले गैर-आवासीय नेपालीहरुको लगानीलाई वैदेशिक लगानी सरह हुन पर्छ भन्ने माग रहेको विचार राखेका थिए। छलफलको सारंश प्रस्तु गर्दै लामिछानेले एनआरएनए बैंक स्थापना गर्ने सुझाब प्राप्त भएको छ, उनले भने। समुहगत छलफलमा उद्धोग वाणिज्य महासंघ नेपालका अध्यक्ष पशुपति मुरर्काको पनि सहभागिता रह्यो। उनले युवा उद्धयमशील ब्यक्तिहरुको छानिएका योजनाहरुका लगानीकर्ताहरु  खोज्न सहयोग गर्ने गरिएको बताएका छन्। विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि र आईसिसि सदस्य हरुले यस विषयमा आ-आफ्नो विचारहरू राखे।

फोटो: साईग्रेष

IMG_0233

Previous articleपर्यटन प्रवर्धनका लागि दश भाषामा सुचनामूलक वेवसाईट निर्माण गरिने : भवन भट्ट
Next articleदिर्घकालिन सोंच र दिगोपनका साथ अर्थ संकलन गर्नु पर्ने : शेष घले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here