३० जुलाई २०१६, कोपेनहागन। गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं महिला सम्मेलनमा स्विटजरल्याण्डको जोडदार उपस्थिति रहेको छ। कार्यक्रममा आईसिसि सदस्य डा. विनय श्रेष्ठ, राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरूङ, महासचिव भुमिराज गरूङ, महिला संयोजक शुभ लामा एलमर, सदस्य गुणराज शर्मा, सदस्य प्रमोद भट्ट्, सल्लाहकार डा. राजु अधिकारी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका सचिव हिरालाल श्रेष्ठ, नेपाली जन-सम्पर्क समिति स्विटजरल्याण्डका अध्यक्ष राम कुमार महतो, नेपालस्विस डट कमका जंगम खडका, गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डका पूर्व उपाध्यक्ष विजया भट्ट, रोधि साँझका अद्यक्ष टेम्पा गुरुङ, तमु समाज स्विटजरल्याण्डका संयोजक युक्ता गुरूङ र देवेन्द्र अर्यालको सक्रिय सहभागिता रह्यो।

_DSC0357

कार्यक्रममा अध्यक्ष हिराबल गुरुङले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरे। आईसिसि सदस्य एवं स्कि कमिटिका यूरोप संयोजक डा. विनय श्रेष्ठले  स्कि कमिटिका लक्ष र उदेश्यका बारेमा एक प्रजेनटेसन गरे। साथै उनले आईना बार्काको हेटौडाको नेपाली  अपाङ बालबालिकाहरुको लागि खोलिएको पाठशाला प्रोजेक्ट, रविचन्द्र भट्टराईको “तृष्णा” नामक उपन्यासको विमोचन, जर्मनिका पवन ढकालको नेपालमा स्थापना गर्न खोजिएको भोकेशनल सेन्टर सम्बन्धि प्रस्तुति रहेको एक सेसनको मोडेरेसन गरे। डा. श्रेष्ठले बार्काको कामको प्रशंसा गर्दै स्पेनमा जन्मेकि भएपनि उनि नेपाली चेली भएको चर्चा गर्दै उनको नेपाली बालबालिकाहरु प्रतिको स्वार्थबिहिन सेवाले सबैको हृदय स्पन्दन गर्ने बताउँदै सहयोगका लागि आह्वान गेरे। त्यसै कार्यक्रममा आईना बार्काको पाठशालाका अपाङ्ग बालबालिकहरुको लागि एक यात्रुबाहक बस किन्न नेपाली रुपैँया १३ लाख संकलन भयो। नेपाल स्स डट कमका जंगम खड्का र हिरालाल श्रेष्ठ तस्विर, वृतचित्र र समाचार समप्रेषणमा ब्यस्त रहे।

_DSC0372

अहिले सहभागीहरुका लागि मनोरन्जनात्मक नेपाली साँस्कृतिक कार्यक्रम चल्दैछ। साँस्कृतिक कार्यक्रमको उदघोषण स्विटजरल्याण्डका गुणराज शर्मा र अजित देवकोटाले गर्दैछन्।

20160730_232445

 _DSC0173_DSC0366 _DSC0336 _DSC0334 _DSC0319 _DSC0244 _DSC0241 _DSC0231 _DSC0201 _DSC0186 _DSC0122

Previous articleआईनालाई एनआरएनएको साथ, स्कुल बस किन्न १३ लाख सहयोग
Next articleअनुजाले एनआरएनएलाई बनाई भावुक, छिनमै उठ्यो ३० लाख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here