११ जुलाई २०१६, बार्सिलोना। नेपालीनेपाली डट कमको दोस्रो बार्षिकोत्सव समारोह आज बार्सिलोनामा आयोजना हुँदैछ। समारोहमा सहभागी हुन यूरोपका विभिन्न देशहरुबाट नेपाली संध-संस्थाका पदाधिकारी एवं नेपाली स्रष्टा, कलाकार, पत्रकारहरू बार्सिलोना आईपुगेका छन्। यसैक्रममा गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका यूरोप क्षेत्रिय संयोजक कुल आचार्य आज बार्सिलोना आईपुगेका छन्। संयोजक आचार्यलाई स्पेनका पत्रकार दिपक क्षेत्री, आईसिसि सदस्य डा. विनय श्रेष्ठ, स्विटजरल्याण्डका युवा संयोजक अर्जुन बस्ताकोटी, नेपालस्विस डट कमका हिरालाल श्रेष्ठ र जंगम खड्काले स्वागत गरे।

नेपालीनेपाली डट कमको दोस्रो बार्षिकोत्सव समारोहको उदघाटन प्रमुख अतिथिका रुपमा गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तले गर्नेछन्। कार्यक्रममा गरै-आवासिय नेपाली संघका महिला संयोजक सपिला राजभण्डारी, सह्संयोजक रजनि प्रधान, आईसिसि सदस्य डा. विनय श्रेष्ठ, आईसिसि सदस्य एकराज गिरीको पनि सहभागिता रहने छ। यस अवसरमा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई विशेष सम्मान गरिने भएको छ।

समारोहका उपलक्ष्यमा आयोजित सांगीतिक कार्यक्रममा स्विटजरल्याण्डका चर्चित गायक सुभाष सुन्दास र संगीतकार रामु परियारले लाईभ कार्यक्रम प्रस्तुत गर्ने छन्।

20160711_130621

Previous articleपोर्चुगल युरो कप २०१६ विजेता
Next articleनेपालीनेपाली डट कमको दोस्रो बार्षिकोत्सव समारोह भब्य रुपमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here