बार्सिलोना। नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव समारोहमा लागि सम्पूर्ण तयारी पुरा गरेको छ। आगामी सोमबार बार्सिलोना हुने एक भब्य समारोहको सम्पूर्ण तयारी पुरा गरेको हो। युरोप क्षेत्रका स्थापित व्यक्तित्वहरु,एनआरएन अभियन्ता,बरिष्ट पत्रकार,समाजसेबी,ब्यबसायी,कलाकार लगायत बिभिन्न संघ सँस्थामा आबद्द व्यक्तित्वहरुको कार्यक्रममा ब्यापक सहभागिता रहने मिडियाले जनाएको छ।

समारोहलाई  गैर आबासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने भएका छन्। बार्षिकोत्सव समारोहमा बीबीसी नेपाली सेबाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान गरिने भएको छ। २७ बर्ष सम्म बीबीसी नेपाली सेवामा काम गरेर पत्रकारिता क्षेत्रमा योगदानको कदर गर्दै बरिष्ट सञ्चारकर्मी नेपालीलाई सम्मान गर्न लागिएको हो। बीबीसीबाट अबकास लिए पछि पनि उनि नेपाली अडियो बुक उत्पादनमा सक्रिय रहदै आएका छन्।

यस्तै मिडियाले “युरोप बर्ष ब्यक्तित्व सम्मान” साथमा कलाकारिता क्षेत्रबाट एक जनालाई पनि सम्मान गर्दै छ। सम्मानित व्यक्तित्वको नाम बिशेष समारोहमा नै घोषणा गरिने मिडियाले जनाएको छ।

कार्यक्रममा सहभागी बन्न बिशेष अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला फोरम संयोजक सपिला राज भण्डारी,सह- संयोजक रजनी प्रधान आईतबार,एनआरएन युरोप क्षेत्रका संयोजक कुल आचार्य, एनआरएन आईसीसी सदस्य डा बिनय श्रेष्ठ बार्सिलोना आउँदै छन्। नेपाली पत्रकार महांसघ युरोप शाखाका सचिव हिरालाल श्रेष्ठ, एनआरएन स्बिजरल्याण्ड युवा संयोजक अर्जुन बस्ताकोटी,गायक सुबास सुन्दास,संगीतकार रामु परियारको टोलीले बिशेष समारोहमा सहभागिता जनाउँदै छ।

प्रबासबाट नेपालको पर्यटन प्रबद्वनको लागि नेपाल घुम्नलाई सुरक्षित छ भन्दै बिभिन्न कार्यक्रम भईरहेका बेला मिडियाले पनि सोही अभियान चलाएको छ। नेपाल पुगेका पर्यटकहरु तथा पर्यटन विदहरुको बिचारलाई समेटेर बिशेष भिडियो सामाग्री बार्षिकोत्सवमा देखाउँने भएको छ। भिडियोमा जर्मनी,डेनमार्क,क्यानाडा,स्बिजरल्याण्ड,स्पेन लगायतका मुलुकवाट नेपाल पुगेका पर्यटकहरुको धारणा समेटिएको छ।

गत बर्ष भूकम्प पछि,”शोकलाई शक्तिमा बदलौ,देश दुखेको बेला घर फर्कौ अभियान” चलाएको मिडियाले यस पटक भने,”नेपाल सुरक्षित छ ” भन्ने सन्देशलाई प्रबाह गर्ने भएको हो। यो अलवा कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुति समेत रहने भएको छ। स्बिजरल्याण्डका गायक सुन्दास,संगीतकार रामु परियार लगायत स्थानीय कलाकारहरुको कार्यक्रममा बेजोड साँगितिक प्रस्तुति रहेको मिडियाले जनाएको छ।

Previous articleसापकोटालाई युरोप शाखाले साधारण सदस्यताबाट निस्कासन गर्यो
Next articleनेपालीनेपाली डटकमको कार्यक्रमका लागि स्विट्जरल्याण्डबाट ब्यापक सहभागिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here