नेपाल विद्यार्थी संघ नेदरल्याण्ड्स गत आइतबार एक भेलालका विच विस्तार भयो । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले विवेक गौतमलाई अध्यक्ष तोक्दै समिति विस्तार गरि केन्द्रलाई जानकारी दिनको लागि गरिएको परिपत्र गरेको थियो ।

भेलाले अध्यक्ष विवेक गौतम र अर्पण पोखरेल, सिर्जना केसी, सरिता हुमागाई, डेविड शर्मा, रेशव रिजाल, आस्था क्षेत्री, विजय क्षेत्री, विप्लव केसी, सुमिरा बरुवाल, शनिश शर्मा, अभिषेक चुडाल, सुदय शर्मा, रोशिस गुरुङ्ग, निरज गुरुङ्ग, रक्षा अधिकारी र गणेश थापा कार्यकारी सदस्यमा चयन भएका छन् । भेलाले यथाशिघ्र पुर्ण कार्यसमितिको बैठक बोलाई पदाधिकारीहरु चयन गर्ने, नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेसनमा ३ जना प्रतिनिधी चयन गर्ने र जनसंपर्क समिति नेदरल्याण्ड्स संग सहकार्य गरेर च्यारिटी बनभोजको कार्यक्रम गर्ने समेत जनादेश दिएको छ ।

भेलामा नेपाली जनसंपर्क समितिका संस्थापक अध्यक्ष नारायण आर्चाय, पुर्व अध्यक्ष मनोहरि शर्मा, वर्तमान अध्यक्ष दिपक रेग्मी, एनआरएन नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशि पौडेल, पुर्व अध्यक्षहरु नारायण आर्चाय, हरि पौडेल, निवर्तमान अध्यक्ष कृष्ण अधिकारी र वर्तमान अध्यक्ष हिमाल गुरुङ्ग

​,एनआरएन नेदरल्यान्ड्सका युवा संयोजक अमित कार्की ​

लगायत जनसंपर्क समितिका महामन्त्री उत्तम कंडेल, प्रेम सिंड गुरुङ्ग, निरज विस्ट, विकास शर्मा, जितेन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । अध्यक्ष गौतमले नेदरल्याण्ड्स लगायत नेपालका विद्यार्थी विच संभावित सवालहरुमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

Previous article५० हजार डलर सहयोग घोषणा
Next articleभुकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here