९ जुन २०१६, स्विट्जरल्याण्ड। लामो समय देखी युरोपका बिभिन्न देशमा रहेर आफ्नो सांगीतिक यात्रा बढाइ रहेका गायक बिष्णु क्षेत्रीले आफ्नो नयाँ म्युजिक भिडियो सार्बजनिक गरेका छन्।

गायक बिष्णु क्षेत्रीले आफ्नो नयाँ गीतमार्फत नेपाली संगित बजारमा आएका छन्।  ‘जय नेपाल’ एल्बममा समावेश रहेको “देउराली” को बोलको गीतको भिडियो सार्वजनिक भएको हो। सुभाष भुषालको संगीत संयोजन  र बाबुराम भुषालको शब्द रचना रहेको यस गीतमा गाउँमा रहेकी आफ्नी मायालुको सम्झानामा यात्रा गरीरहेको युबाको मनोभाबलाई गीतमा तयार पारिएको छ। भिडीयोलाई चर्चित निर्देशक विकास सुबेदीले निर्देशन गरेका हुन्। 

विकासा इन्टरटेन्मेन्टले बजारमा ल्याएको यस गीतको भिडीयोमा नाई नभन्नु ल ४ का नायक तथा चर्चित मोडल पल शाहको अभिनय रहेको छ भने पललाई रुविनाले साथ दिएकी छिन्। हरि हुमागाईले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

Previous articleसमय सन्दर्भमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
Next articleसालैजो पछि रोईलामा नचाउँदै आएपंगेनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here