नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, नेपाली कलाकार, स्रष्टा, पत्रकार, संघ-संस्थाका प्रतिनिधि ज्युहरु, महिला तथा सज्जनबृन्द,

अर्न्तराष्ट्रिय नेपाली कलकार समाज (ईनास) को चौंथो युरोपेलि क्षेत्रिय बैठक, चौंथो ईनास युरोपेली एकल नेपाली नृत्य र प्रथम युरोपेली एकल नेपाली गायन प्रतियोगिता १४-१५ मे २०१६ मा स्विट्जरल्याण्डको सुन्दर शहर बासेलमा सफलता पुर्वक सम्पन्न गर्न सहकार्य, समन्वय र सहयोग गर्नुहुने संघ-संस्था, कलाकार, स्रष्टा, पत्रकार, प्रायोजक एवं युरोपका बिभिन्न राष्ट्रहरुबाट कार्यक्रममा सहभागी सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु। विशेषत: ईनास ग्लोबल समिति, ईनासका सल्लाहकार ज्युरु, ईनास युरोप समितिका मित्रहरु, ईनासको स्विट्जरल्याण्डको राष्ट्रिय समिति लगायत युरोप क्षेत्रका सबै राष्ट्रिय समितिहरु, गैर-आवासीय नेपाली संघको युरोप क्षेत्र, संघको अर्न्तराष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक एवं पदाधिकारी ज्युहरु, गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड, नेपाली राजदूतावास जेनेभा र कार्यक्रम प्रायोजकहरु लाई कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

साथै, प्रतियोगिताका विजयी कलाकारहरुलाई ईनास युरोपका तर्फबाट हार्दिक बधाई एवं शुभ-कामना ज्ञापन  गर्दै प्रतियोगिताका सबै सहभागी कलाकारहरुको योगदानको उच्च सम्मान गर्दैछु। नेपाली कला र संस्कृति प्रतिको तपाईंहरुको लगाव र माया नै हाम्रो प्रेरणाको श्रोत हो। तपाईंहरु कै माया र सहयोगले ईनासको युरोपेली नृत्य र गायन प्रतियोगिता युरोपको प्रबासी नेपाली समाजमा नेपाली कलाको प्रयोग र संबर्धनमा एक कोषेढुंगो साबित भएकोमा हामी हर्षित छौं।

हरेक बर्ष आयोजना गरिने ईनासको युरोपेली नृत्य र गायन प्रतियोगिता सन २०१७ मा डेनमार्कमा आयोजना हुनेछ। सदाझैं डेनमार्कमा आयोजना हुने कार्यक्रमहरुमा पनि तपाईंहरुको अमुल्य सहयोग प्राप्त हुनेमा हामी आशावादि छौं। अन्त्यमा, तपाईं हाम्रो संयुक्त्त प्रयासले युरोपको प्रबासी नेपाली समाजमा नेपाली कला र संस्कृतिको प्रयोग र संबर्धनमा ठोस योगदान पु-याउन सकिने विश्वास लिएका छौं।

जय ईनास।

अर्जुन काफ्ले

संयोजक

ईनास, युरोप

Previous articleब्रुजमा स्नुकर टुर्नामेन्ट भब्यरुपमा सम्पन्न
Next articleमह-जात्रा भव्य हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here