१५ मे २०१६, स्विटजरल्याण्ड। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनासको चौंथो युरोपेली नेपाली नृत्य एवं प्रथम नेपाली गायन प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि स्विटजरल्याण्डका लागि नेपालका राजदूत श्री दीपक धिताल, कार्यक्रमका सभापति ईनास युरोपका संयोजक अर्जुन काफ्ले विशिष्ठ अथिति गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, ग्लोबलका अध्यक्ष पुष्प बरुवाल, गैर आवासीय नेपाली संघका सल्लाहकार पुष्प थापा, संघका उपाध्यक्ष कुमार पन्त, ईनासका सल्लाहकार शिखर खडका र विजय मोक्त्तान लगायतका अतिथिहरुले सहभागिहरुको तालीका बीच दियो प्रज्ववलन गरी कार्यक्रमको उद्घाटन गरे।

कार्यक्रमको उद्घाटन सत्रमा गैर आवासीय नेपाली संघका आईसिसि सदस्य डा. विनय श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दै “विश्वब्यापी सञ्जाल र प्रभाव भएका नेपाली संघ-संस्थाहरुको सक्रियताले नेपाली डायास्पोराको साँस्कृतिक पहिचानलाई आकृत गर्न निर्णायक भूमिका खेल्नका लागि गैर-आवासीय नेपाली संघ, ईनास र अन्य संघ-संस्थाबीच नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रयोग र संवर्द्धनमा विद्यमान समन्वय र सहकार्यलाई हामीले अझै सशक्त र प्रभावकारी बनाउन सक्नु पर्दछ।“ भन्ने विचार राख्दै कार्यक्रमको सफलताको लागि शुभ-कामना ब्यक्त गरे। साथै गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरुङले सम्पुर्ण स्विटजरल्याण्डबासीहरुका तर्फबाट सबै सहभागिहरुलाई स्वागत गर्दै प्रतियोगिहरुलाई सफलताको शुभ-कामना दिए।

कार्यक्रमका प्रमुख अतिथि राजदूत धितालले प्रबासी जीवनमा नेपाली कला र संस्कृतिको महत्वको चर्चा गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना ब्यक्त गरे। गैर आवासिय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले संघले नेपाली भाषा, कला र संस्कृतिको विकासका लागि उप-समिति गठन गरेको बताए। गैर आवासीय नेपाली संघ र ईनासबीच को सहकार्यका बारे चर्चा गर्दै कार्यक्रमको सफलताको कामना गरे।

उदघाटन नृत्य

20160515_145230

स्विटजरल्याण्डका कलाकारहरु द्वारा कार्यक्रमको उद्धाटन सत्रमा “गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली” बोलको गीतमा राष्ट्रभक्तिको भावनाले ओटप्रोट एक नृत्य प्रस्तु गरे।

Previous articleनेपाल स्वीस डट कमले ईनास कार्यक्रमको लाईभ प्रसारण गर्ने
Next article‘कर्मचारीतन्त्रलाई समायानुकूल रुपान्तरण गरिनुपर्छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here