१४ मे २०१६, स्विट्जरल्याण्ड। ईनासको चौथो युरोपेली क्षेत्रिय बैठक स्विट्जरल्याण्डको बासेल सहरमा भव्यरुपमा सम्पन्न भयो। उक्त कार्यक्रमको सभापतित्व ईनास स्विट्जरल्याण्डका अध्यक्ष धनसिंङ ठकुरीले गरेका थिए भने ईनास ग्लोबल कमिटिका अध्यक्ष पुष्प बरुवाल कार्यक्रमको प्रमुख अथिति थिए। कार्यक्रममा स्विट्जरल्याण्डका आईसीसी सदस्य डा. विनय श्रेष्ठ र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङ लगायत ईनास ग्लोबलका वरीष्ठ उपाध्यक्ष कमला दाहल र मित्रलाल पार्दे, ईनास युरोपका संयोजक अर्जुन काफ्ले, एनआरएनएका आईसीसी सल्लाहकार  एवं ईनास अनुगम उच्च समितिका संयोजक पुष्प थापा, ईनासका गीत संगीत समितिका उपसंयोजक राजमान तमाङ,  ईनासका राष्ट्रिय समितिका अध्यक्षहरु दिपेन्द्र भण्डारी (ईटली), सन्तकुमार थापा मगर ( डेनमार्क), अर्पण पोखरेल (नेदरल्याण्ड), गोपाल भण्डारी (क्यानडा), श्याम श्रेष्ठ (बेल्जियम), सन्तोष राई (ग्लोबल ईनास प्रतिनिधी), संगीता मरहट्टा (आईसीसी सदस्य युके एवं ईनास योजना तर्जुमा तथा कार्यनयन समिति सदस्य) लाई आसन ग्रहण गराईएको थियो। कार्यक्रमका बिशिष्ठ एवं विशेष अथितिहरुले कार्यक्रम शुभकामना मन्तव्य व्यक्त गरे। ईनास राष्ट्रिय समितिका अध्यक्ष एवं प्रतिनिधीहरुले संस्थाका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमका वक्ताहरुले भोली १५ मे मा बासेलमा आयोजना हुने ईनासको चौथो युरोपेली नेपाली नृत्य र प्रथम नेपाली गायन प्रतियोगीताको सफलताको  शुभ-कामना व्यक्त गर्दै  ईनासले प्रवासी नेपालीहरुको साँस्कृतीक पहिचान र दोस्रो पुस्ताका नेपालीहरुका लागि बिषेश कार्ययोजना तय गर्नु पर्नेमा जोड दिए। यस सन्दर्भमा ईनास जर्मनीका सल्लाहकार  खड्ग न्यौपाने र ईनास स्विट्जरल्याण्डका सल्लाहकार एवं एनआरएनएका अध्यक्ष हिराबल गुरुङले सार्गभित बिचारहरु व्यक्त गरे। ईनास युरोपका सहसंयोजक गुणराज शर्मा कार्यक्रमको संयोजनका लागि दिन भर व्यस्त रहे।

SONY DSC
SONY DSC
SONY DSC
SONY DSC

20160514_175820

उत्कृष्ठ काम गर्ने ईनासका राष्ट्रिय समिति लाई सम्मानित गरीने

कार्यक्रमका प्रमुख अतिथि एवं ईनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालले आफ्नो मन्तव्यका क्रममा उत्कृष्ठ कामगर्ने ईनासका राष्ट्रिय समितिहरु लाई अर्को बर्ष देखि पुरस्कृत गरिने घोषणा गरे।

SONY DSC
SONY DSC

प्रकाश तिवारीबाट कार्यक्रम संचालन

कार्यक्रमको संचालन ईनास ग्लोबलका मिडिया कमिटीका संयोजक प्रकाश तिवारी (स्पेन) ले मनोरन्जनात्मक ढंगले  गरेका थिए। बिगतमा स्विट्जरल्याण्ड निवासी तिवारी हाल स्पेनमा बसोबास गर्द छन्। उनले ईनासको चौथो युरोपेली कार्यक्रमको आकर्षक एवं सुचनामुलक प्रोमो भिडियो पनि तयार गरी सार्वजनिक गरेका छन्।

20160514_180621

मनोरञ्जात्मक साँस्कृतिक कार्यक्रम

कार्यक्रमको समापन पश्चात सहभागीहरुको मनोरन्जनका लागि एक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा स्विट्जरल्याण्डका स्थानीय कलाकारहरु गौरी गुभाजु, निता कपुर, शर्मीला मगर र राजेन्द्र भण्डारीको जोडदार प्रस्तुती रहयो। ईनास अध्यक्ष पुष्प बरुवाल, उपाध्यक्ष कमला दहाल, ईनास युरोपका संयोजक अर्जुन काफ्ले, एनआरएनए आईसीसी सदस्य संगीता मरहट्टा, सन्तकुमार थापा मगर र राधी क्षेत्रिले मनमोहक नृत्यहरु प्रस्तुत गरे। डेनमार्कका हरी न्यौपाने ले पनी लोक गीत गाए। अन्त्यमा सहभागीहरुले स्वत: स्फुर्त रुपमा नाचेर रमाईलो गरे।

20160514_214114 image-fa188651fcde40ee3edf98c6b99285e608855abf963ac7fe0e3df962e1621ded-V image-a83d72aa2abde4b11799cb3ddaeb4998b603ce357169ab9589b8c99896779c9e-V

Previous articleराजधानीमा भिन्टेज मोटर प्रदर्शनी शुरु
Next articleनेपाल स्वीस डट कमले ईनास कार्यक्रमको लाईभ प्रसारण गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here