०२ मे २०१६, स्विटजरल्याण्ड। फुटबल क्लब अफ बासेल लगातार सातौं पटक स्विटजरल्याण्डको सुपर लिग च्याम्पियन हुने भएको छ। सुपर लिग सिजन २०१५-२०१६ को ३६ राउण्ड खेलहरु मध्ये ३१ राउण्डको समाप्तिसंगै स्कोरको अग्रताको आधारमा बासेल यस बर्षको लिग च्यापियन बन्ने निश्चित भएको हो। सुपर लिगको ३१औं राउण्डको गत शनिबार ३० अप्रिल २०१६ मा खेलाईएको खेलमा बासेलले सियोंलाई १-२ गोलको अन्तरले हराए पश्चात निर्णायक स्कोर-अग्रता हासिल गरेको हो। यो क्लबले हासिल गर्ने १९औं सुपर लिग टाईटल हुनेछ। यस जितलाई बासेल टिमले फ्यानहरुका साथमा हर्सोउल्सासका साथ मनाएका छन्।

बासेलले यस बर्ष खेलेको ३१ खेलहरु मध्ये २४ मा विजयी, ४ मा बराबरी र ३ खेलमा पराजित भयो। बासेलका तर्फबाट सिजन २०१५-१६ मा हालसम्मको तत्थाङक अनुसार सबैभन्दा बढि गोल (१६ गोल) मार्क यान्कोले गरेका छन्। सन २०१२ मा पनि बासेलले लिग सकिनका लागि ५ राउण्ड बाँकि छँदा नै च्याम्पियनशिप हात पारेको थियो।          

Previous articleSharp rise in assisted suicide in Switzerland
Next articleएनआरएनए स्विटजरल्याण्डद्वारा संचार मन्त्री राईलाई स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here