अस्ट्रेलियाका बिभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुले आ-आफ्नो अनुकूल समय मिलाएर बिभिन्न किसिमबाट नयाँँ बर्ष २०७३ मनाउने क्रममा  १ लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक पर्ब पाको फेस्टा मनाइने शहर जिलोङमा नेपालीहरुको संख्या थोरै नै भए पनि नेपाली समुदायले इस्टर्न बीचमा फुटबल, क्रिकेट खेलहरु खेल्ने लगायत बिभिन्न गतिबिधिका साथ पहिलो पटक नयाँँ बर्ष मनाएका छन ।

उक्त कार्यक्रममा अस्ट्रेलियाकै प्रभाबशाली नेताका रुपमा मानिने अस्ट्रेलियाका पूर्व मन्त्री एबं बर्तमान अध्यागमन एबं सीमा सुरक्षा छायाँ मन्त्री रिचार्ड मार्ल्स आउने कार्यक्रम भएतापनि उहाँको छोरीको दुर्घटनाका कारण आउन नसकी सांसद क्रिस्चिन कोजिनका कार्यालय सहयोगी माइकल टेटे मार्फत कार्यक्रममा उपस्थित हुन नसकेकोमा दु:ख ब्यक्त गर्दै शुभ-कामना सन्देश पठाउनु भएको थियो । त्यस्तै सांसद क्रिस्चिन कोजिन संसदमा काम परेका कारण कार्यक्रममा उपस्थित हुन नसकेकोले माइकल टेटे मार्फत नै शुभ-कामना सन्देश पठाउनु भएको थियो । उहाँ दुबै जनाले नेपाली समुदायसंग नजिक रहेर काम गर्न संधै इच्छुक रहेको सन्देश पनि पठाउनु भएको थियो ।

कार्यक्रममा नेता रिचार्ड मार्स उपस्थित हुन नसक्नु भएकोले उहाका प्रतिनिधिका रुपमा आउनु भएका माइकल टेटेसंग मेलबर्नबाट आउनु भएका डा महेश भण्डारी र जिलोङ नेप्लिज एसोशियसनका रामकुमार श्रेष्ठले भिक्टोरियामा नेपाली कम्युनिटी सेन्टर निर्माण गर्ने प्रकृया अगाडि बढेकोले त्यस्को अबधारणा र त्यस्का लागि भिक्टोरिया सरकार र अस्ट्रेलिया सरकारका तर्फबाट हुन सक्ने संभाबित सहयोगका बारेमा छलफल गर्नु भएको थियो । छलफलका क्रममा लिखित जानकारी प्राप्त भएको खण्डमा नेता रिचार्ड मार्स र सांसद क्रिस्चिन कोजिनसंग त्यसबारे छलफल गर्न सकिने बताउनु भयो ।

कार्यक्रमको लागि सबैले आ-आफ्नै घरबाट फरक फरक खानाका परिकारहरु बनाएर ल्याएका थिए । थोरै नेपाली भएतापनि पाको फेस्टा, दसैं लगायत बिभिन्न कार्यक्रम यस शहरमा भब्यताका साथ मनाइन थालेकोले पनि यस शहरमा नेपालीहरुको संख्या तीब्र गतिमा बढन थालेको छ । कार्यक्रममा नवगन्तुक परिवारहरुलाई स्वागत पनि गरिएको थियो । कार्यक्रमको लागि पहल र संयोजनकारी भूमिका निर्बाह गर्नु भएकोमा सन्तोष पराजुलीलाई जिलोङ नेप्लिज एसोशियसनका अध्यक्ष रामकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा बिदेशीहरुको पनि उपस्थिति थियो ।

24 k

Previous articleNew fines for littering in Switzerland
Next articleइटली को रोममा नयाँ वर्ष २०७३ कार्यक्रम भव्य रुपमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here