अप्रिल १९, सिड्नी। नयाँ वर्ष २०७३ को अवसरमा गोरखा समाज अष्ट्रेलियाद्वारा सिड्नीमा आयोजित बार्बिक्यू कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सिड्नी ओलम्पिक पार्क स्थित Blaxland Riverside Park मा आयोजित कार्यक्रममा सिड्नीबासी गार्खालीहरू तथा मेलवर्नबाट समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

नयाँ बर्षको शुभकामना आदान प्रदान तथा आपसी सद्भाव अभिबृद्धि गर्ने अभिप्रायले आयोजित कार्यक्रममा समाजका सल्लाहकारहरू Nepalese Association of Australia (NAA) का अध्यक्ष उमेश पन्त, NADF का पूर्व अध्यक्ष तथा NRN अष्ट्रेलियाका सल्लाहकार डिल्ली ढकाल, लुम्बिनी-कपिलवस्तु दिवस अभियान (Buddha Born in Nepal Global Campaign) का विस्व संयोजक रामकुमार श्रेष्ठ तथा समाजका अग्रणी त्रिलोचन पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्तब्य ब्यक्त गर्ने क्रममा रामकुमार श्रेष्ठले संसारको जुनसुकै कुनामा रहे तापनि आफ्नो भाषा, संस्कृति, आफू जन्मेको गाउँ ठाउँँ बिर्सन नसकिनुकै परिणति यो जमघट भएको भन्दै आफ्ना बच्चाहरु अाफ्ना अभिभाबकहरुसंग भेट्दा भाषागत समस्याका कारण कुराकानी गर्न नसक्दा त्यस्ले पीडाबोध हुने भएकोले ती दुई पुस्ताका बीच त्यस किसिमको दूरी कम गर्ने जिमीवारी हाम्रो पुस्तामा आएको बताउनु भयो ।  

कार्यक्रममा बार्बिक्यूको अलवा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएको थियो । जसमा बालबालिकाहरूको बेलुन फुटाउने खेलमा प्रथम हुने प्रयत्ना जोशी, महिलाहरूको सियोमा धागो छिराउनेतर्फ प्रथम हुने श्रेया देवकोटा पोख्रेल, हाँडी फुटाउने तर्फका बिजेता आशिष श्रेष्ठ तथा विङ्गो तर्फका विजेताहरु विजया लक्ष्मी महर्जन र सुरज श्रेष्ठलाई गोरखा समाज अष्ट्रेलियाका सल्लाहाकार रामकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । 

सहभागिहरूलाई कार्यक्रममा सहभागिताका गोरखा समाज अष्ट्रेलियाको तर्फबाट धन्यबाद दिदै समाजका अध्यक्ष ध्रुब पोख्रेलले आगामी दिनहरूमा आयोजना गरिने विभिन्न सामाजिक कार्यक्रमहरूमा समेत सकृय सहभागिताको लागि अनुरोध गर्नुभएको छ । 

कार्यक्रममा खेलाइेएको बिंगोबाट उठेको रकम फुजेल गाबिसको लागि आबस्यक एम्बुलेन्सको लागि प्रदान गरिनेछ । यसै बर्ष मात्रै गठित समाजले भूकम्प पीडितहरुको लागि राहत कार्यक्रम पनि अर्थ संकलन गरी सहयोग गरेको छ ।

HF GR

Previous articleबासेलमा ईनास चौथो यूरोपस्तरीय एकल नेपाली नृत्य तथा प्रथम गायन प्रतियोगिता कार्यक्रम आयोजना हुँदै
Next articleNew fines for littering in Switzerland

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here