प्रकाश तिवारी, स्पेन – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद अन्तर्गत संस्कृति, सम्पदा, भाषा तथा साहित्य समितिले पूर्णता पाएको छ। एनआरएनएको अन्तर्राष्ट्रिय परिषदले यो समितिको अध्यक्षमा नेदरल्याण्डका पुष्प बरुवाललाई नियुक्त गरेको थियो। यसै अनुसार बरुवालले एनआरएन र सम्बन्धित संघ संस्थाहरुसंग छलफल गरी विभिन्न महादेशहरुबाट सम्बन्धित क्षेत्रका अनुभवी र समितिमा बसेर काम गर्न इच्छुकहरुलाई समेटेर समितिलाई पूर्णता दिएको बताए। नेपाली कला-संस्कृति, सम्पदा,भाषा र साहित्य प्रवर्द्धनको लागि बनाइएको १२ सदस्यीय यस समितिमा रसियाका गोविन्द प्रसाद गौतम सहअध्यक्षमा नियुक्त भएका छन् भने इजरायलबाट भगवती बस्नेत, बेल्जियमबाट दिपेन्द्र केसी, पोर्चुगलबाट मोहन आचार्य ‘जलाद’, मकाउबाट राजेश प्रसाई, अष्ट्रेलियाबाट मनोज अधिकारी, युगाण्डाबाट रमेश कंडेल, बहराइनबाट पवित्रा राई, अमेरिकाबाट पिपलमणि पोखरेल, साबू गदाल कार्की र कृष्ण मुरारी ढुंगेललाई सदस्यमा मनोनयन गरिएको छ। एसिया, अफ्रिका, अमेरिका, युरोप महादेशबाट प्रतिनिधित्व रहने गरि कला, संस्कृति सम्पदा र साहित्य सबै क्षेत्रलाई समेटिएको यस समितिको सल्लाहाकारहरुमा नेपाल सरकार संचार मन्त्रालय, नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाली पर्यटन बिकास बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा र एनआरएनका सबै क्षेत्रीय संयोजक र उप संयोजकहरूलाई राखिएको छ। नेपाली साहित्य र संस्कृति सम्वर्द्धनको लागि यस अघिनै एनआरएन आइसीसीले गरेको सम्झौतालाई निरन्तरताका साथ कार्यान्वयन गर्ने, राष्ट्रिय सम्पदाहरुको संरक्षण र त्यसको अन्तर्राष्ट्रिय चिनारीको लागि आवश्यकताअनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंग सहकार्य गर्दै काम गर्ने, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सहयोग गर्ने र सांस्कृतिक माध्यमबाट एनआरएन भित्रका विभिन्न सम्बन्धित सबै समितिहरु र अन्य विभिन्न संघ संस्थाहरुसंग समेत आपसी सहकार्य गर्दै नेपालको पर्यटन बिकासको लागि काम गर्ने समितिले जनाएको छ।

Previous articleबेल्जियममा नया बर्ष सास्कृतिक कार्यक्रम हुने
Next articleयूएईमा घन्कियो देउडागीत- संविधान कार्यान्वयन गर्न राम्रो कदम चाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here