१४ अप्रिल २०१६, स्विटजरल्याण्ड। साउदी अरब स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूतावासमै शरण लिईरहेका एक नेपाली युवाले उनको कार्यकक्षमै छुरा हानेका छन्। पराराष्ट्र मन्त्रालयले घटनाको जानकारी दिएपनि आक्रमणमा संलग्नको युवाको नाम भने खुलाइएको छैन। घाइते भएका कार्यवाहक राजदूत शर्माको साउदी अरबको किङ फैसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको र उनि स्वास्थजनक खतराबाट मुक्त रहेको जानकारी प्राप्त भएको छ। आक्रमणमा संलग्न ती नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ कानुनी कारवाही अगाडि बढाएको जानकारीमा आएको छ। 

Previous articleम्यानमारको भूकम्पमा कैयौं भवन भत्किए, मानवीय क्षति छैन
Next articleकामु प्रधानन्यायाधीशमा कार्की

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here