मान बहादुर के.सी. ‘मुस्कान’।  सुप सेवा समाज कतारले नेपाली नयाँ बर्ष २०७३ को अबशरमा ‘शुभकामना आदानप्रदान तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम’ गर्ने भएको छ ।

“हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद समाज निर्माण सुप समाजको चाहना” भन्ने मुल नारा बोकेर ०१ अगस्ट २०१५ का दिन गठन भएको सुप सेवा समाज कतारले २२ अप्रिल २०१६ शुक्रबारका दिन भिजेल गार्डेन रेस्टुरेन्ट बिनउम्रानमा ‘शुभकामना आदानप्रदान तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम’ गर्ने भएको हो ।

गठन भएको बर्ष दिन नपुग्दै बिभिन्न सेवा मुलुक काम र साँस्कृतिक कार्यक्रम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल सुप सेवा समाज कतारले आफ्ना गतिबिधीहरु कतारमा कार्यरत सम्पूर्ण सुप बाशीहरु सम्म पुर्याउनका लागि र सुदूर पश्चिमको कला साँस्कृतिको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रहरुलाई देश बिदेशमा चिनाउनुका साथै प्रबाशमा नेपालीहरुलाई हुने समस्यालाई समाधान गर्ने तथा कतार भरि छरिएर रहेका सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकताको सुत्रमा बाद्धै अघाडि बढ्ने क्रममा सो कार्यक्रम गर्नु लागेको संस्थाका अध्यक्ष अमृत शाहीले हामीलाई जानकारी दिए । 

त्यस्तै संस्थाका महासचिब महेश कुमार कार्कीले उक्त ‘शुभकामना आदानप्रदान तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम’मा सुदूर पश्चिमको अति नै लोकप्रिय देउडा खेल खेल्नुका साथै आफ्नो जन्मभुमी छोडेर कतारलाई कर्मभुमी बनाएका सुपका स्थानिय कलाकारहरुले सबैलाई भरपुर मनोरन्जन दिदै देउडा ठाडीभाका गाएर आफ्नो जन्मभुमीको झलक्क याद दिलाउने बताउनु भयो । 
सुप सेवा समाज कतारले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम’मा कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भएर भब्यताका साथ सफल पारी दिनु हुन अनुरोध गरेको छ ।

Previous articleपत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु
Next articleखोटाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here