११ अप्रिल २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, साईप्रसले १० अप्रिल, २०१६ मा नेपाली नयाँ बर्षको शुभ-अवसरमा आयोजना गरको “लाईभ म्युजिक धमाका” कार्यक्रमको आयोजना गर्यो। साईप्रसका लागि नेपाली महाबाणिज्यदूत डा. रामजीवन पन्जियार को प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालका सेलो पप स्टार, गायक रोज मोक्तान र अन्य स्थानिय कलाकारहरुको पनि जोडदार सांगीतिक प्रस्तुति रह्यो। स्विटजरल्याण्डका गायक सुभाष सुन्दास र संगीतकार रामु परियारले कार्यक्रममा संयुक्त रुपमा आफ्ना सांगीतिक कोशेलिहरु प्रस्तुत गर्दै दर्शक एवं श्रोताहरु लाई नचाए।

सुभाष सुन्दास प्रबासी नेपाली समाजको सांगीतिक क्षेत्रमा एक परिचित नाम हो। सन २०१५ मा उनले आफ्नो डेब्यु एल्बम “उडन देऊ” र त्यसै एल्बमको “माया हो” बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएपछि सांगीतिक क्षेत्रमा उनको माग ह्वात्तै बढेको देखिन्छ। हालसालै उनले “नक्कली” बोल गीतको म्युजिक भिडियो पनि बाजारमा ल्याएका छन्। त्यसैगरी संगीतकार परियार पोखराको ओभिराप्तोरस व्याण्डका लिड गितारिष्ट थिए। उनले नेपाल र स्विटजरल्याण्डमा आयोजित विभिन्न लाइभ कन्सर्टमा लिड गितारिष्टको भूमिका निभाएका छन्।

image-1c5619e1055c607b459fae56887bef0153148407caae62af070aeb031881b8e4-V image-1eae79834fe3e476e4477cb7883d3adb6d21034f4d87d5f3a2ecdce47372fbf6-V image-6f074d9fcc35f1f2d1b3227b4f2b617d67983e49e43ce7a924544173ae5de744-V

Previous articleराजदुत डा. अर्जुन कार्कीद्वारा कोस्टारिकाका राष्ट्रपती समक्ष ओहदाको प्रमाणपत्र पेश
Next articleयात्रा संस्मरणः युरोपको शीर्षस्थान युङफ्राउयोख पुग्दा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here