मान बहादुर के.सी., यूएई। आपत्ति र बिपत्तीका बेला सहयोगार्थ कार्यहरुमा सधैं अग्र पंतिमा रहेको सुदूर पश्चिम सेवा समाज यूएईले घाँटीको रोगबाट पीडित अछाम जिल्लाको मंगल्सैन नगरपालिका वडा नम्वर ४ निवासी दान वहादुर धामी की ५ वर्षिय छोरी छत्रकला के.सी. (धामी)को उपचारका लागि आर्थिक सहयोग गरेको छ । 

घाँटीको रोगबाट पीडित छत्रकला के.सी.को उपचारमा केहि सहयोग होस् भनि रु २०,१११ ( बिस हजार एक सय एघार रुपैया ) पीडित छत्रकला के.सी. कि आमा गोमा धामीको नाममा पठाईेएको सुदूर पश्चिम सेवा समाज यूएईकी कोषाध्यक्ष श्रीमती टिकेस्वरी भण्डारी बोगटीले हामीलाई जानकारी दिएकी छिन् । 

सहयोग रकम पठाएको खबर सुनेर छत्रकला के.सी.को उपचार सहयोग रकम संकलन संयोजक तथा सिधादृष्ट्रि साप्ताहिक पत्रिकाका सम्पादक ललित के.सी.ले फोन मार्फत सुदूर पश्चिम सेवा समाज यूएई प्रती हार्दिक आभार प्रकट गर्दै समाजले गरेका सहयोगार्थ कामका बारेमा आफुले सधैं पत्रपत्रीका पढ्ने गरेको हुनाले बिदेशी भुमिमा पनि सुदूर पश्चिम बाशी बिचको एकता देखेर खुशी भएको बताउदै सुदूर पश्चिम सेवा समाज यूएईले चालेका कदमले सफलताको शिखर चुमोस् भनि शुभकामना दिनु भएको थियो । IMG_20160402_135031

Previous articleनेपालको आन्तरिक मामिलामा अनुचित चासो देखाएको भन्दै सरकारद्धारा आपत्ति
Next articleनेदरल्यान्ड्स बाट न्युरोफ़ोबिमाटोसिस पिडित श्रेष्ठलाइ दोस्रो चरणको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here