बजारमा देखिएको कालोबजारी विरुद्ध विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् । आज संयुक्त बिद्यार्थी संगठनले खवरदारी जुलुस गर्ने भएका हुन् । कालोबजारी, महङ्गी, भ्रष्टाचार र माफियाबिरुद्ध बिद्यार्थीहरुको संगठनले विरोध जुलुस गर्न लागेका हुन्् । नाकाकबन्दी पछि पनि कालोबजारी नियन्त्रण नभएको भन्दै सरकारमा रहेका दलहरुका विद्यार्थी संगठनसहित १३ विद्यार्थी संगठनले आन्दोनल गर्न लागेका हुन् । कालोबजारीका बिरुद्धमा लामो समयदेखि बिभिन्न कार्यक्रम मार्फत बिरोध जनाउँदै आएका बिद्यार्थी संगठनले नाकाबन्दि पछि पेट्रोलियम पदार्थ, ईन्धन, खाद्यान्न लगायतमा मुल्य बृद्धि भएको भन्दै बिरोध गर्ने नेपाल बिद्यार्थी संघका प्रबक्ता युपी लामीछानेले जानकारी दिनुभयो । कालोबजारी नियन्त्रण नभएसम्म आन्दोलन जारी राख्ने पनि उहाँले बताउनुभयो ।

Previous articleसामाजिक क्षेत्रमा उदाउँदै गरेका स्विटजरल्याण्डका युवा अर्जुन बस्ताकोटी
Next articleउत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण रोक्ने अमेरिका र चीनको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here