नेकपा एमालेको स्थायी कमिटीको बैठकले आज पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बसेको बैठकमा कार्यसूचीमाथि हिजोको स्थायी कमिटीको निर्देशनअनुसार केन्द्रीय सचिवालयले रातिसम्म गरेको कामको प्रस्ताव प्रस्तुत भए पनि निर्णय भने गर्न नसकेको नेताहरुले बताए ।

विभागका सदस्य चयन गर्दा सबै पक्षसँग छलफल अपुग भएको भन्दै आलोचना भएपछि निर्णय हुन नसकेको हो । त्यसका साथै प्रधानमन्त्री ओली चितवनको कार्यक्रममा जानुपर्ने भएकाले बैठक लम्बिने भएपछि ओलीले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगन गर्नुभएको थियो । नवौँ महाधिवेशनयता मनोनयन हुन नसकेका ती पदमा चैतभरिमा मनोनयन गर्ने तयारी गरिएको थियो ।

Previous articleराष्ट्रिय पत्रकारिता दिवस ३ दिनसम्म देशव्यापी मनाइने
Next articleसरकारको कामप्रति सरकारका उप्रधानमन्त्री थापा नै असन्तुष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here