बेल्जियम एवं युरोपियन युनियनको राजधानी ब्रसेल्सको मालबिक मेट्रो स्टेशन र जाभेन्तम एयरपोर्टमा मार्च २२ मंगलवारमा भएको आतंककारी हमला र विस्फोटनबाट कम्तिमा २६ जनाको मृत्यु भएको छ । जाभेन्तम एयरपोर्टमा भएको २ विस्फोटहरूमा कम्तिमा ११ जनाको मृत्यु र ८१ घाइते भएका छन् भने मालबिक मेट्रो स्टेशनमा १५ को मृत्यु र ७३ घाइते भएको समाचार यहाँको लोकप्रिय फ्रेन्च भाषी पत्रिका ‘ल स्वार’  को अनलाइन समाचारले उल्लेख गरेको छ।

घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको नभए पनि आइ.एस. नेटवर्कको काम भएको विज्ञहरूले अनुमान गरेका छन् ।

ब्रसेल्स आउने-जाने सबै उडानहरू भोली बिहानसम्मका लागि रद्द गरिएका छन् । ब्रसेल्सको सार्वजनिक यातायात सेवा पुरै बन्द गरिएको छ। मुलुकको सुरक्षा खतरा स्थिति उच्चतम बिन्दू (स्तर४) मा राखिएको छ । ठूलो संख्यामा सुरक्षा फोर्स परिचालन गरिएको छ।

सुरक्षा उच्च भए पनि घटनास्थलभन्दा  अन्यत्र स्थिति सामान्य, तर सुनसान छ।

ब्रसेल्समा करिब ५०० नेपालीहरू बस्ने अनुमान गरिन्छ । घटनास्थल मालबिक मेट्रो स्टेशन नेपालीहरूको बाक्लो बसाइँ रहेको माधु/सेन्ट जोस एरियाबाट करिब ५०० मिटरको दूरीमा पर्दछ। तथापि नेपाली हताहत भएको कुनै समाचार प्राप्त भएको छैन।

 -इन्फोमाल डट कम

Previous articleब्रसेल्स विष्फोटको सम्बन्धमा एनआरएनएको प्रेस-विज्ञप्ती
Next articleआउदै गर्नु बालकोट घुम्नि गरेर… बस्नि गरेर… संग संगै घुमौला… गौरी गुभाजु, निता कपुर र सर्मीला मगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here