बेर्न शिक्षण अस्पतालमा डेपुटि कन्सल्ट्यान्टको हैसियतमा कार्यरत डा. विनय श्रेष्ठलाई रयाडियसन अङकोलोजि (Radiation Oncology) बिषयको स्पेलाईजेसन परिक्षा सफलता पुर्वक उतिर्ण गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं। यसअघि उहाँले काठमाण्डौं विश्व विध्यालयबाट एम. बि. बि. एस. र बेर्न बिश्व विध्यालयबाट बायो मेडिकल ईन्जिनियरिङमा स्नाकोत्तर (MSc Biomedical Engineering) को अध्ययन पुरा गर्नु भएको छ। साथै उहाँले स्विट्जरल्याण्डको चिकित्सा शास्त्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा (MD) पनि उतिर्ण गर्नु भएको छ। डा. श्रेष्ठ सन् २००४ साल देखि स्विट्जरल्याण्डमा चिकित्सकका हैसियतमा कार्यरत हुनुहुन्छ। उहाँको चिकित्सा क्षेत्रको अनुभव, तालिम र उतिर्ण परीक्षाहरुको मुल्याङकन गर्दै स्वीस मेडिकल एसोसियनले उहाँलाई हालसालै FMH Radiation Oncology को उपाधि प्रदान गरेको छ। सम्भवत स्विट्जरल्याण्डमा डा. श्रेष्ठ उक्त उपाधि हासिल गर्ने पहिलो नेपाली हुनुहुन्छ। उहाँको उक्त कार्यक्षेत्रमा कन्सल्ट्यान्टमा पदोन्नति हुने खबरले हामीलाई हर्षित बनाएको छ। डा. श्रेष्ठ गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको कार्यकाल २००९-२०११ र २०११-२०१३ का अध्यक्ष थिए। हाल उनि कार्यकाल २०१५-२०१७ का लागि संघका आई.सि.सि. सदस्य छन्। हामी डा. श्रेष्ठको पारिवारीक, सामाजिक, शैक्षिक एवं पेशागत सफलताको कामना गर्दछौं।

नेपाल स्वीस डट कम परिवार

Previous articleराजकुमार ह्यारी भन्छन्–विपदमा पनि नेपाली खुसी देखेँ
Next articleहोलीमा ह्यारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here