११ मार्च २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्ड निबासी लोकप्रिय गायक सुभाष सुन्दासले आफ्नो “नक्कली” बोलको गीतको म्युजिक भिडियो यहि आउँदो सोमबार, १४ मार्च २०१६ मा विभिन्न नेपाली टिभि च्यानलहरुबाट रिलिज गर्दैछन्। म्युजिक भिडियो रिलिजको पुर्वसन्ध्यामा गायक सुन्दासले “नक्कली” को आकर्षक पोष्टर प्रकाशमा ल्याएका छन्। स्विटजरल्याण्ड निबासी डा. विनय श्रेष्ठको शब्द र कल्याण सिङको संगीत रहेको उक्त गीतको संगीत संयोजन सन्जिब बराईलीले गरेका छन्। “नक्कली” को म्युजिक भिडियो बिशाल भण्डारीको निर्देशन, हरि हुमागाईंको छायाँकन र निशान घिमिरेको सम्पादनमा तयार पारिएको छ। भिडियोमा सुभाष सुन्दास र सम्पदा बानियाँले अभिनय गरेका छन्।

यसअधि गायक सुन्दासको “माया हो” बोलको गीत KEEPS FM 98.3 MHZ को टप आठमा र “नाच्यो झिल्के” बोलको गीत टप पाँचमा पर्न सफल भएको थियो। स्विटजरल्याण्डमा उनको “उडन देउ” नामक डेब्यु एल्बम जनवरी ९, २०१६ मा गैर-आवासीय नेपाली संघका प्रमुख संरक्षक श्री जीवा लामिछाने, उपाध्यक्ष श्री कुमार पन्त र सचिव श्री अर्जुन कुमार श्रेष्ठको हातबाट स्विटजरल्याण्डको राजधानी बेर्नमा आयोजित ल्होसार कार्यक्रममा विमोचन गरिएको थियो।

Subhas sundas nakkali

Previous articleस्विटजरल्याण्डमा अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम आयोजना हुने
Next articleकार्य प्रगतिको संकेत: सरकार द्वारा आवास पुनर्निर्माणलाई ६५ अर्ब निकासा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here