मान बहादुर के.सी.,यूएई। “हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद समाज निर्माण सुप समाजको चाहना” भन्ने मुल नारा बोकेर ०१ अगस्ट २०१५ का दिन गठन भएको सुदूर पश्चिम सेवा समाज कतारले आफ्ना गतिबिधीहरु तिब्रताका साथ अघाडि बढाउदै लैजाने क्रममा ४ मार्च २०१६ शुक्रबारका दिन ओकारा क्षेत्रीय समिति गठन गरेको छ ।

संस्थाका केन्द्रिय प्रथम उपाध्यक्ष सुरेन्द्र बहादुर बिष्टको अध्यक्षतामा र संस्थाका केन्द्रिय दित्तिय उपाध्यक्ष नर बहादुर बिष्ट, तृतीय उपाध्यक्ष लीला अधिकारी, केन्द्रिय महासचिब महेश कार्की,  सुप बचत कोष प्रमुख रबिन्द्र सिंह, केन्द्रिय सदस्यहरु जय सिङ्ग धामी, अमृत कुमार जाग्री, बिरु बिष्टको बिशेष उपस्थितीमा ओकाराको शंख राउन्ड बोर्डको प्राँगडमा सम्पन्न एक वृहत भेलाले गणेश एेरको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति चयन गरेको संस्थाका केन्द्रिय दित्तिय उपाध्यक्ष नर बहादुर बिष्टले हामीलाई जानकारी दिएका छन । 

कार्यक्रममा बोल्दै केन्द्रिय दित्तिय उपाध्यक्ष नर बहादुर बिष्ट तृतीय उपाध्यक्ष लीला अधिकारी, सुप बचत कोष रबिन्द्र बिष्टले कतारमा सुप बासी एकीकृत भएर सुप समाजलाई बलियो बनाउदै आउँदा दिनमा ओकारामा कार्यरत सम्पूर्ण सुप बाशीहरुलाई एकजुट गर्दै अघि बढ्नुका साथसाथै हामी प्रबाशीले पनि सुदूर पश्चिमका बिकासका लागि पनि सकिदो सहयोग गर्नु पर्छ भन्ने कुरामा जोड दिदै नयाँ समतिलाई बधाई र शुभकामना दिनु भएको थियो, 

सुप बाशीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा बोल्दै नवगठित समितिका अध्यक्ष गणेश एेरले आफुलाई जिम्बेबारी दिएकोमा खुशी ब्यक्त गर्दै आउँदा दिनहरुमा ओकारामा रहेका सम्पूर्ण सुप बाशीहरुलाई एकजुट गरेर हातेमालो गर्दै अघाडि बढ्ने र सो कार्यमा सबैको साथ पाउने आशा राखेको बताउनु भएको थियो । 

नवगठित क्षेत्रीय समितीलाई शुभकामना दिदै संस्थाका केन्द्रिय प्रथम उपाध्यक्ष तथा सो कार्यक्रमका अध्यक्ष सुरेन्द्र बहादुर बिष्टले प्रबाशमा बसेर पनि देशमा आउने आपत्ति र बिपत्तीमा सकिदो सहयोग गर्नुका साथसाथै सुपको मौलिक कला, सांस्कृति, पर्यटन क्षेत्रलाई विश्व सामु झल्काउनु सबैले एक ढिक्का भएर अघाडि बढ्नु पर्ने जिज्ञासा राख्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना जिज्ञासा राखेका थिए भने सो कार्यक्रमको संचालन केन्द्रिय महासचिब महेश कार्कीले गर्नु भएको थियो । 

अध्यक्ष गणेश एेरको नेतृत्वमा केन्द्रिय सदस्य बिरु बिष्ट संयोजक रहने गरी निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको कार्यसमिती चयन भएको छ । 

अध्यक्ष- गणेश ऐर

उपाध्यक्ष- गणेश हमाल

सचिब- नर बहादुर महरा

सहसचिब- रमेश धामी

कोषाध्यक्ष- जय सिङ् धामी 

सदस्यहरु

सुरेश धामी, गणेश भाट, सुरेन्द्र थापा, तेज बहादुर ऐर, नरेन्द्रनाथ योगी, मनलाल जोशी, प्रसाद मणि भट्टराई, प्रताप धामी, भीम बहादुर ऐर, रमेश पन्त रहनु भएको छ।

Previous article२० फेब्रुवरी २०१६, उस्टरमा सम्पन्न नेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सब समारोहका अबसरमा स्विटजरल्याण्डका कलाकार र ब्यक्तित्वहरु लाई सम्मान गरिएको भिडियो।
Next articleचौथो ईनास युरोप महादेशस्तरीय नृत्य तथा गायन प्रतियोगिताका नियम सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here