५ मार्च २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्डकी दोश्रो पुस्ताकी युवा सुश्री सगुन भट्टले “नाट्यश्वर रंग प्रवेश” शिर्षक दिईएको उनको एक एकल नृत्य शो स्विटजरल्याण्डको बाडेनमा प्रस्तुत गरिन। उनको कार्यक्रमको रस्वास्वादन गर्न नेपाली र स्विसहरुको ठूलो संख्यामा उपस्थिति थियो। नेपाली चेली सगुन भट्टका क्लासिकल नृत्यहरुले सबैलाई मन्त्रमुग्ध पारे। उनका नृत्यहरुमा भाव, संवेदनाका र कलाका संमिश्रण पाईयो। पाँच कक्षामा पढदादेखि नै क्लासिकल नृत्यबाट आकर्षित भई नाट्यश्वर नृत्य सिक्न सुरुगरेकी सगुन भट्टले १० बर्षको कडा नृत्य तालिम पश्चात भरतनाट्यममा डिप्लोमा हासिल गरिन। त्यसैको शुभ-अवसरमा उनले यो नृत्य शो आयोजना गरेकी हुन्। नाच्न पाउँदा दैनिक तनाव र चिन्ता बिर्सने गरेको उनि बताउँछिन्।

नेपाली चेली सगुन भट्ट श्रीमति विजया भट्ट र श्री प्रमोद भट्टकी सुपुत्री हुन्। उनको पुर्विय कला र संस्कृतिमा गहिरो रुची छ। स्विटजरल्याण्डमै जन्मेकी सगुनले यहिं स्कुले शिक्षा हासिल गरिन। एमपिएको तालिम लिए पश्चात उनले फेमिली डाक्टरको प्राईभेट प्राक्टिसमा केहि बर्ष काम गरिन। हाल उनले नर्सिङमा शिक्षा हासिल गर्दैछिन्। स्विटजरल्याण्डमै जन्मे हुर्केको भएपनि जर्मन भाषा बाहेक नेपाली र अंग्रेजी भाषामा उनको राम्रो दखल छ। सगुन भट्टले नेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सब समारोहका अवसरमा आफ्नो सक्रियतामा उठाईएको १०, ५०२ स्विस फ्रयाङकस् स्विस नेपाली भुकम्प पिडित पुन:निर्माण अभियानलाई हस्तान्तरण गरेकि थिईन।

Sagun image-929534143aa435175a56f1c618da939d0c76442c6fff3eed5ae6252ef6d34fe2-V image-99a3ce96b56bbc48a7ffb2af208aef9ec0bc3c8e1e31c2cd926c505c152adf0c-V

Previous articleकांग्रेसको १३ औं महाधिवेशनको बन्द सत्र समाप्त, नीति तथा कार्यक्रम पारित
Next article२० फेब्रुवरी २०१६, उस्टरमा सम्पन्न नेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सब समारोहको उद्घाटन कार्यक्रमको भिडियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here