नेपालको आवश्यकता अनुसार इन्धन आपूर्ति गर्न भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यांस राज्यमन्त्री धर्मेन्द्र प्रधानले आफ्ना मातहतका अधिकारीलाई निर्देशन दिनु भएको छ ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले शुक्रबार सांझ दिल्लीमा गर्नु भएको भेटघाट पश्चात् प्रधानको उक्त निर्देशन आएको हो । राज्यमन्त्री प्रधानसंगको भेटका क्रममा राजदूत उपाध्यायले नेपाललाई आवश्यकता अनुसारको पेट्रोलियम पदार्थ शीघ्र आपूर्तिका लागि विशेष व्यवस्था गरेर भए पनि आपूर्ति गर्न आग्रह गर्नु भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । साथै सोही भेटमा दुई देश बीचको द्वीपक्षीय सम्बन्ध, आपसी सहकार्य, इन्धन आपूर्ति तथा दैनिक आवश्यकता परिपूर्ति लगायतका विषयमा आपसी छलफल केन्दि्रत रहेको दूतावास श्रोतले जनाएको छ ।

Previous articleविदेशी नागरिकता लिएकालाई प्रतिनिधी बनाएको भन्दै आपत्ती
Next articleउच्चशिक्षाका लागि स्विटजरल्याण्डः सम्भावना र चुनौती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here