नेपाली कांग्रेसको तेह्रों महाधिवेशन राजधानीमा शुरु भएको छ । बिहीबार कार्यबााहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गर्नु भएको हो ।
राजधानीको खुलामञ्चमा आयोजना गरिएको उक्त महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री के.पी. ओली, एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, उपप्रधानमन्त्री विजय गच्छदार, चित्रबहादुर के.शी. सिपी मैनाली अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रममा शुभकामना व्यक्त गर्न छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, कम्बोडिया लगायतका देशहरुबाट अतिथिहरुको उपस्थिति रहेको थियो भने छिमेकी देश भारतको बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा कार्यवाहक सभापति पौडेलले कांग्रेस महामानव विपी कोइराला र सुशिल कोइरालाको सम्झनामा प्रकाशित गरिएको दुई वटा स्मारिकाको विमोचन गर्नु भएको थियो ।

Previous articleशेरबहादुर देउवाद्वारा उम्मेदवारी घोषणा
Next articleअर्जुन कुमार श्रेष्ठ निर्दोष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here