नेपालको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ Nepal is safe for Tourism भन्ने नाराका साथ पहिलो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको टिमले Buddha was born in Nepal and Nepal is safe for Tourism भन्ने नाराका साथ नेपाल र नेपालीलाई विश्वसामु चिनाउने उद्देश्यले आगामी २१ मई २०१६ बुद्ध जयन्तीका दिन स्विटजरल्याण्डको बेर्नमा बिहान १० बजेदेखि दोश्रो चरणको कार्यक्रम गर्ने जनाएको छ ।
नेपाल र नेपालीको पहिचान उच्च गराउँदै नेपाललाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनु हुन स्वीसवासी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा कार्यक्रमको आयोजकहरुले आग्रह गर्नु भएको छ । कार्यक्रम सम्बन्धी बिस्तृत जानकारीका लागि आयोजक आड. तेञ्जिड. शेर्पा सम्पर्क नं. ०७६३७८६१८८ र कमल भट्ट ०७९७४३१०२४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Previous articleअस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपाल प्रबर्धन
Next articleपोर्तुगलमा ‘परदेशी’ चलचित्र प्रदर्शन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here